arrow

लाओसविरुद्ध नेपालको सशक्त प्रदर्शन, खेल १–१ को बराबरी

logo
प्रकाशित २०७३ जेठ १६ आइतबार
football-news-FNL.jpg.jpeg
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले लाओससंगको मैत्रिपूर्ण फुटबलमा १–१ को बराबरी खेलेको छ । लाओसको भिन्तिआनमा भएको खेलमा नेपालले १–१ को बराबरी खेलेको हो । निकै प्रतिस्प्रधात्मक खेलमा नेपालका लागि ७८ औं मिनेटमा विशाल राईले गोल गरे । त्यसको एक मिनेट वित्न नपाउँदै लाओसले गोल फर्कायो । यसअघि मलेसियासंग भएको खेलमा पनि नेपालले १–१ को बराबरी गरेको थियो । पहिलो हाफ गोल रहित बराबरी सकिएकामा दोस्रो हाफको अन्तिमतिर दुबै टोली सक्रिय भए । 
 
नेपालले त्यसअघि थुप्रै अवसर पाएपनि गोल गर्न सकेन । नेपाली टोलीका स्ट्राइकर भरत खवास, नवयुग श्रेष्ठ र सुनिलबलले खासै आक्रमण गर्न सकेनन् । कप्तान बनेर गएका अनिल गुरुङभने खेल मैदान छिरेनन् । यद्यपि, प्रशिक्षक ग्यातुको कोजीले लाओस जानु अघि आफुहरुले लाओसलाई टक्कर दिने बताएका थिए । सोही अनुरुप टोलीले बराबरी गरेकामा उनी खुसी छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको बरियतामा लाओस नेपाल भन्दा चार स्थान माथि १७६औं स्थानमा छ । नेपाल १८०औं स्थानमा छ । 
 
नेपालले तत्काल कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तालिका नरहेकाले खेलाडीहरुलाई अभ्यस्त बनाउन मैत्रीपूर्ण फुटबलमा जोड दिइएको छ । नेपालका लागि अर्को वर्ष बंगलादेशमा हुने साफ च्याम्पियनसिप मात्रै औपचारिक प्रतियोगिता हुने छ । त्यसअघि खाली रहेकाले नेपालले विभिन्न राष्ट्रसंग मैत्रीपूर्ण फुटबल खेल्ने अखिल नेपाल फुटबलसंघ एन्फाले जनाएको छ । 

 



नयाँ