arrow

बाँकेमा गाईको मासुसहित तीन जना पक्राउ

logo
प्रकाशित २०७७ असोज २६ सोमबार
gau-hatya.png

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाको रनियापुरबाट ७ किलो गाईको मासुसहित तीन जना पक्राउ परेका छन् । सात किलो मासु, हड्डी र छालासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

इलाका प्रहरी कार्यालय धनौलीले खजुरा गाउँपालिका–८ रनियापुर चमकदारपुरका ४५ बर्षीय चुन्नी खाँ, ५० बर्षीय शब्बीर खाँ र ३४ बर्षीय अब्दुल आशीक खाँलाई गाईको मासुसहित पक्राउ गरेको हो ।

सब्बीर खाँको घरदेखि अन्दाजी दुई किलोमिटर उत्तरपूर्वमा रहेको अस्फाक खाँको खेतबारीमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरिक्षक वसन्त आचार्यको नेतृत्वमा गएको टोलीले शब्बीर खाँको घरबाट तीनै जनालाई नियन्त्रणमा लिएको र घटनास्थलबाट गाईको हड्डी र छाला बरामद गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ