arrow

यस्तो हुन्छ असोज महिना र मंगलबार जन्म हुने व्यक्तिको स्वभाव

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७७ असोज २७ मंगलबार
baby-hand.png

काठमाडौं । असोज महिनामा जन्मिने मानिस सुन्दर रुप भएका, अत्यन्त पवित्र, गुणवान र धनी हुने गर्दछन् । यस्तै मंगलबार जन्म हुने व्यक्तिहरु निकै बहादुर, स्मार्ट, एक्टिभ, सहयोगी, घमण्डी र गम्भीर हुन्छन् । 

आँटिला, शाहसी र पराक्रमी भएको कारणले फौजी क्षेत्रमा आफूलाई स्थापित गर्दछन् । मंगलवार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ । उनीहरुलाई विलासिताको जीवन बाच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ । 

यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुतामा नै सफलता हासिल गर्ने गर्दछन् । साथै घरजग्गा,भौतिक सम्पत्ति तथा प्राकृतिक स्रोत साधनको उपयोगमार्फत आफूलाई अब्बल सावित गर्दछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ