arrow

कोहलीको बैंगलोर सुधारिँदै, शीर्ष स्थानमा टक्कर 

logo
प्रकाशित २०७७ असोज २७ मंगलबार
ipl-bangalore1.jpg

काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा पाँचौ जित निकालेको छ । सारजहाँमा सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्दै बैंगलोरले पाँचौ जित निकालेको हो ।

बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकाताले ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो । कोलकाताका लागि सुबमान गिलले सर्वाधिक ३४ रन बनाए । कोलकत्ताका ८ खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २–२ विकेट लिए । यस्तै क्रिस मोरिस, मोहमद सिराज, नाभ्दिप शैनी र इसुरु उडाना र युजभेन्द्र चाहलले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २ विकेटको नोक्सानीमा १ सय ९४ रन बनाएको थियो ।

बैंगलोरका लागि एबी डी भिलियर्सले ३३ बलमा नटआउट हुँदै ७३ रन बनाए । यस्तै आरोन फिन्चले ४७ रन जोड्दा विराट कोहलीले नटआउट रहँदै ३३ रन बनाए । कोलकाताका प्रशिद्द कृष्ण र आन्द्रे रसेलले १–१ विकेट लिए ।

अंक तालिका
यो खेलसँगै सातौं चरण सकिएको छ । बैंगलोरले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा समेत पुगेको छ । यो जितपछि बैंकलोरले शीर्ष स्थानका मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्ससँग अंक बराबरी गरेको छ । 

रन रेटमा मुम्बई पहिलो र दिल्ली दोस्रो स्थानमा छ । 

कोलकाताको यो तेस्रो हार हो । ७ खेलमा ८ अंक जोडेको कोलकत्ता चौंथो स्थानमा  छ ।

६ अंकबाट सनराइजर्स हैदराबाद र रोजस्थान रोयल्स पाँचौं र छैटौं स्थानमा छन् । 

चेन्नई सुपर किंगस ४ अंकसहित सातौं तथा २ अंकबाट किंगस इलाभेन पन्जाब पुछारमा छ । 

मंगलबारको खेल 
मंगलबार चेन्नई र हैदराबाद खेल्नेछन् । खेल बेलुका ७ः४५ बजे सुरु हुनेछ । 

खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ