गुआङ्गजोउ (चीन) । चीनको गुआङ्गदोङ्ग प्रान्तमा भारी बर्षापछि आएको बाढीमा परी आठ पर्यटकको मृत्यु भएको स्थानीय सरकारले आइतबार जानकारी दिएको छ ।
दक्षिण र पूर्वी चीनमा गत हप्ता पनि भारी बर्षाले सताएको थियो । शनिबार जिआङमेन सहरको फेङ्गहुआङ्गसिआ क्षेत्रमा भारी बर्षापछि आएको बाढीमा परी आठ पर्यटकको मृत्यु भएको हो ।
सो बाढीमा परेका ६ व्यक्तिको भने उद्धार गरिएको र पाँच जनाको शव शनिबार नै भेटिएको थियो ।