arrow

चाडपर्वलाई मध्यनजर गर्दै पाँच हजार प्रहरी परिचालन

logo
प्रकाशित २०७७ असोज २७ मंगलबार
nepal-police.jpeg

महेन्द्रनगर । नजिकिँदै गरेका बडादशैँ, तिहारलगायत चाडपर्वलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश प्रहरीले आइतबारबाट विशेष सुरक्षा योजना लागू गरेको छ । अपराधरहित र मर्यादित चाडपर्व मनाउनुका साथै प्रदेशको समग्र सुरक्षा व्यवस्था भरपर्दा मनाउन विभिन्न विशेष प्रहरी टोली परिचालन गरिएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले विज्ञप्ति जारी गरी दशैँ तिहार र छठ पर्व लक्षित सुरक्षा योजना बनाएर प्रदेशका नौवटै जिल्लामा प्रहरी परिचालन गरिएको बताए । “यहाँका विभिन्न स्थानमा गरेर ४० वटा स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ”, प्रवक्ता सिंहले भने, “सादा पोशाकलगायत विभिन्न टोली गरेर प्रदेशभरि पाँच हजार ५० जना प्रहरी खटिएका छन् ।” चाडपर्व मर्यादित बनाई समग्र प्रदेशको शान्ति सुरक्षाका लागि प्रदेशभरि ७८ जना सादा पोशाकमा प्रहरी खटिने छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्था र सुनचाँदीको कारोवार हुने स्थानलाई मध्यनजर गर्दै यहाँ १३३ जना प्रहरी परिचालन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि प्रदेशका विभिन्न स्थानमा गरेर २०८ जना प्रहरी परिचालन हुनुका साथै उपभोक्ताको हकहिक संरक्षणका लागि चाडपर्वमा स्थानीय प्रशासनसित समन्वय गरेर बजार अनुगमनसमेत गर्ने प्रहरी योजना छ ।

त्यसैगरी प्रदेशमा कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि छुट्टै विशेष योजना बनाएर कार्यान्वयन गर्ने प्रवक्ता सिंहको भनाइ छ । “चाडपर्वमा अपनाउनुपर्ने सावधानीमूलक सचेतना कार्यक्रम गर्ने योजना छ”, उनले भने, “नागरिकले पनि महामारीका बेला भीडभाड गरेर चाडपर्व मनाउने कुरालाई समाजमा निरुत्साहित गर्नुपर्छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ