arrow

फुटबलर विमलकी बहिनी मनिषाको पोष्टमार्टम रिपोर्ट आएन, अझै दुई दिन लाग्ने

टिचिङका पोष्टमार्टम प्रमुख बाहिर गएकाले ढिलाई भएको जानकारी, परासीमा पदर्शन

logo
प्रकाशित २०७३ जेठ १६ आइतबार
Parasi-manisha.jpeg.jpeg
काठमाडौं । नेपाली फुटबलका स्टार स्ट्राइकर विमन घर्तीमगरकी बहिनी मनिषाको निधन भएको पाँच दिन वितिसक्दा समेत घटनाको सत्यता खुल्न सकेको छैन । हत्या भएको शंका गर्दै प्रहरीले शव परीक्ष गर्न त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्यायो । शिक्षण अस्पताल महाराजगन्जमा शव परिक्षण (पोष्टमार्टम) भएको तीन दिन विति सक्दा समेत रिपोर्ट आउन सकेन । अब, मनिषाको पोष्टमार्टम रिपोर्ट मंगलबार मात्रै आउने भएको छ । 
 
नवल परासी प्रहरीको मुद्दा शाखाका अनुसार त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम रिपोर्ट हेर्ने मुख्य डक्टर नै नभएपछि ढिलाई भएको छ । मुद्दा शाखाका प्रकाश सापकोटाले भने, ‘पोष्मार्टम हेड बाहिर जानु भएको छ रे , हेटौडातिर जानु भएकाले मंगलबारमात्रै रिपोर्ट आउने जानकारी आएको छ ।’ यद्यपि, शिक्षण अस्पतालले आइतबार रिपोर्ट आउने भनेको थियो । मनिषाको शुक्रबार पोष्टमार्टमपछि परिवारका सदस्यमार्फत पशुपति आर्यघाटमा अन्त्यष्टी भएको थियो । 
 
उनको अन्त्यष्टी भएको तीन दिन विते पनि अझै घटनाबारे थप विवरण प्राप्त जभएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र समेत बुझाएका छन् । प्रदर्शनमा स्थानीयले घटना ढाकछोप गर्न पाइँदैन, हत्यारालाई कारबाही गर लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए । उता, मनिषासंगको सम्बनधमा रहेको भनिएका स्थानीय रुद्र नारायण चौधरीबारे छानविन अघि बढेको छ । उनलाई जिल्ला अदालतबाट छानविनका लागि ७ दिनको म्याद थपिएको प्रहरीले जनाएको छ । यद्यपि, उनले आफुले हत्या नगरेको बयान दिएका छन् ।   
 
मनिषाको वुधबार राति घरमा एक्लै रहेका बेला रहस्यमय मृत्यु भएको थियो । बहिनीको अन्तिम संस्कारका लागि बेल्जियम पुगेका दाई विमल शुक्रबार विहान मात्रै काठमाडौं आइपुगेका थिए । रुद्रनारायणको घर मनिषाको भन्दा ३ किलोमिटर मात्रै टाढा छ । २२ वर्षीय चौधरी तिलकपुर गाविस–४ का हुन् । मनिषाको घर भने वर्दघाट नगरपालिका–८ मा पर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ