arrow

आईपीएल क्रिकेट: हैदरावाद बेंगलोरलाई पराजित गर्दै पहिलो पटक च्याम्पियन

logo
प्रकाशित २०७३ जेठ १७ सोमबार
IPL_Cutting.jpg.jpeg
काठमाडौं। सनराईजर्स हैदरावादले आईपीएल २०१६को उपाधि जितेको छ। रोयल च्यालेन्जरस् बेंग्लोरलाई ८ रनले पराजित गर्दै हैदरावादले पहिलो पटक उपाधि जितेको हो। 
 
टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २०८ रन बनाएको थियो। कप्तान डेविड वार्नरले ३८ बलमा ६९ रन बनाएका थिए। उनले ३ छख्का र ८ चौका प्रहार गरेका थिए। बेन कटिङको १५ बलमा ३९ रन हैदरावादको जितकालागि महत्वपुर्ण सावित भएको थियो। उनले ४ छक्का र ३ चौका प्रहार गरेका थिए। 
 
हैदरावादकालागि युवराज सिंहले २३ बलमा ३८ रन बनाएका थिए भने शिखर धवनले २८ रनको योगदान दिएका थिए। बेंगलोरका क्रिस जोर्डनले ३ विकेट लिएका थिए भने श्रिनाथ अरविन्दले २ विकेट हात पारेका थिए। सेन वाट्सन महगो सावित भएका थिए। उनले ४ ओभरमा ६१ खर्चेका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको बेंगलोरले निर्धारित २० ओबरमा ७ विकेटको क्षतिमा २०० रन मात्र बनाउन सकेको थियो। पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेको बेंगलोरले एक समय सजिलै खेल जित्ने अनुमान गरेको थियो तर क्रिकेट हो भन्न सकिन्न भन्ने कुरा हैदरावादले चरिथार्थ गर्दिएको छ। 
 
बेंगलोरका क्रिस गेलले ३८ बलमा ७९ रन बनाएका थिए। उनले ८ छक्का र ४ चौका प्रहार गरेका थिए। विराट कोहलीले ३५ बलमा ५४ रनको योगदान दिएका थिए। बेंगलोरकालागि पहिलो गेल र कोहली बाहेक अरु कुनै ब्याट्सम्यानले राम्रो खेल्न सकेनन्। 
 
हैदरावादका बेन कटिङले २ विकेट लिएका थिए। भुवनेश्वर कुमारले ४ ओभरमा २५ रन खर्चिंदै किफायती बलिङ गरेका थिए। प्लेयर अफ फाईनल बेन कटिङ घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ