arrow

स्पेनले दुई वर्षमा पहिलो पटक हार्यो 

logo
प्रकाशित २०७७ असोज २८ बुधबार
football-spain.jpg

काठमाडौं । स्पेनी राष्ट्रिय फुटबल टिमले दुई वर्षको अन्तरमा पहिलो पटक हार बेहोरेको छ । नेसन्स लिग फुटबलका क्रममा मंगलबार राति स्पेनलाई युक्रेनले हराएको हो । स्पेन युक्रेनसंग १–० गोल अन्तरले पराजित भयो ।

स्पेनले दुई दर्जन प्रहार खेर गएपछि अन्तत हार नै बेहोर्न पुग्यो । स्पेनले सन् २०१२ को युरोकप जितेको मैदानमै स्पेनले युक्रेनसँग हार बेहोरेको हो । 

बैकल्पिक खेलाडीको रुममा मैदान छिरेका भिक्टोर स्यागान्कोभले युक्रेनका लागि विजयी गोल गरेका हुन् ।

स्पेनले पछिल्लो समय सन् २०१८ को नोभेम्बरमा क्रोएसियासंग ३–२ ले हार ब्यहोरेको थियो ।

नेसन्स लिगको लिग ए मा जर्मनीले स्वीटजरल्यान्डसँग ३–३ गोलको बराबरी खेलेको छ । 

यो खेलपछि ४ खेलबाट स्पेन ७ अंकसहित शीर्ष स्थानमा छ । जर्मनी र युक्रेनको समान ६–६ अंक छ । स्वीट्जरल्यान्ड २ अंकसहित पुछारमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ