arrow

सुन्दरहरैँचामा देशकै नमूना शौचालय र पुस्तकालय

मूख्यमन्त्री राईले भने –आधुनिक शौचालय भएकोले उद्घाटन गर्न आएको हुँ

logo
विवेक मिश्र, 
प्रकाशित २०७७ असोज २८ बुधबार
toilet3.jpg

बेलबारी । मोरङको सुन्दरहरैँचा नगरपाकलिकामा देशकै नमूना सार्वजनिक शौचालय तथा पुस्तकालय निर्माण भएका छन् । नगरपालिका क्षेत्रभित्र आठ वटामध्ये विराटचोक र सलकपुरको दुईवटा नमूना सार्वजनिक शौचालय तथा पुस्तकालयको मंगलबार प्रदेश १ का मूख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् ।

उद्घाटन गर्दै मूख्यमन्त्री राईले आधुनिक शौचालय भएकोले आफू शौचालयको उद्घाटन गर्न आएको बताए । उनले भने एउटा महाअभियान सुन्दरहरैँचाबाट सुरु भएको र अब अन्य क्षेत्रले पनि सुन्दरहरैँचाबाट सिक्नुपर्ने बताए । सुन्दरहरैँचा उद्योग वाणिज्य संघद्धारा सञ्चालित तथा सार्वजनिक शौचालय निर्माण महाअभियानद्धारा निर्मित सार्वजनिक शौचालय तथा पुस्तकालयको मुख्यमन्त्री राईले प्रशंसा गर्दै धन्यवाद दिए । उनले निजी क्षेत्रको सहकार्यबाट मात्रै सरकार अगाडि बढ्न सक्ने बताए ।

सुन्दरहरैँचाको खोर्साने, हरैंचामा, बलिया, गछिया र गोठगाँउमा निर्माणाधीन अवस्थामा रहेको र मृगौलियामा बन्ने तयारीमा रहेका छन् । शौचालय निर्माण थालिएको हरैचा र मृगौलिया बाहेक अन्य छ स्थान पूर्व पश्चिम राजमार्गमा पर्छन् । 

सार्वजनिक शौचालयमा आधुनिक पुस्तकालय सहितको सुविधाहरु हुने तथा शौचालय एउटै डिजाइनमा निर्माण भएको सार्वजनिक शौचालय निर्माण महाअभियान समितिका अध्यक्ष भोलेश्वर दुलालले बताए ।

स्थानीयवासीको अग्रसरतामा करिब ९ करोड ६४ लाख लागतमा निर्माणाधीन शौचालयका लागि झण्डै ४० प्रतिशत रकम सुन्दरहरैँचा नगरपालिकाको लगानी रहेको सुन्दरहरैँहैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले बताए । 

बाँकी ६० प्रतिशत रकम स्थानीयवासीले श्रोत जुटाएको निर्माण समितिले जनाएको छ । उक्त शौचालय निर्माण उद्योगपति तथा सामाजिक व्यक्तित्व भोलेश्वर दुलालको अध्यक्षतामा महाअभियान सञ्चालनमा रहेको छ ।

शौचालयको उक्त भवनमा इन्टरनेटको सुविधा सहितको आधुनिक पुस्तकालय, चमेना गृह, सैलुन, आराम कक्षसमेत रहेका छन् । सार्वजनिक यातायतालाई लक्षित गरी निर्माण गरिएको शौचालयमा गाडी पार्किङका लागि सुबिधासमेत रहेको छ । 

राजमार्गमा निर्माणाधीन दुई तले शौचालयको भुई तलामा शौचालय, चमेनागृह, यात्रु आराम कक्ष र सैलुन रहेको छ 
 । पहिलो तलामा अडियो भिडियो सुविधा सहितको आधुनिक पुस्तकालय रहेको छ । पुस्तकालय सहितको शौचालय युरोपेली मापदण्ड अनुसारको सुविधा सम्पन्न रहेको छ । 

२०७४ माघबाट निर्माण शुरु गरिएका शौचालयहरुमध्ये विराटचोक तथा सलकपुरको गरी २ वटाको निर्माणको कार्य सम्पन्न भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ