arrow

चौबीस घण्टामा २६ सय ३८ जनामा कोरोना संक्रमण

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २८ बुधबार
corona-nepal-ministry.JPG

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसँख्या मन्त्रालयले बुधबार गराएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त सँख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल सँख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ । कुल संक्रमितमध्ये ८० हजार ९ सय ५४ जना संक्रमुक्त भइसकेका र ३६ हजार ३ सय ६७ जना सक्रिय संक्रमित रहेका स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा मात्र्र संक्रमणमुक्त हुनेको सँख्या २१ सय ७४ र मृत्यु हुनेको सँख्या १२ जना रहेको छ । मुलुकभरि हाल कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ६ सय ७५ पुगेको स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ