arrow

दलित अगुवाको हत्याको बिषयमा जाहेरी नलिएपछि सर्लाहीमा झडप, झडपमा दुई डिएसपीसहित ५२ घाइते

पिडितको पक्षबाट जाहेरी लिएर उचित क्षतिपूर्ती नदिए आन्दोलनमा जाने कांग्रेसको चेतावनी

logo
प्रकाशित २०७७ असोज २८ बुधबार
jhadap2.jpg

सर्लाही । नेपाली कांग्रेस सर्लाहीले सदरमुकाम मलङ्गवामा बुधबार गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । रामनगर गाउँपालिका–७ बस्ने महेन्द्र रामको मृत्यु प्रकरणमा प्रतिनिधिसभा सदस्य अमरेशनारायण सिंह, नागेन्द्रकुमार यादव, प्रदेश नं २ का प्रमुख सचेतक उपेन्द्र कुशवाहा, प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहलगायत नेता सहभागी रहेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको कांग्रेसले जनाएको छ । झडपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी मदन कुँवर, इलाका प्रहरी कार्यालय बरहठवाका डिएसपी उद्धवसिंह भाट, २२  नेपाल प्रहरी र सशस्त्र प्रहरीका इन्सपेक्टर राजकुमार झासहित १० घाइते भएका छन् भने प्रदर्शनकारीको र्तफबाट २० जना घाइते भएका छन । 

दलित अगुवा महेन्द्र रामको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै प्रहरी कार्यालय घेराउ गर्न गएको समूहलाई प्रहरीले रोक्न खोजेपछि झडपको स्थिति सिर्जना भएको थियो । सो झडपमा परी सर्लाहीमा दुई प्रहरी नायब उपरीक्षक (डिएसपी)सहित २२ प्रहरी घाइते भएका छन् । सर्लाही रामनगर ७ सिसौटका महेन्द्र रामको हत्याको विषयमा बुधबार प्रहरी कार्यालय घेराउ गर्न सांसद अमरेशकुमार सिंहसहितको समूह पुगेको थियो । त्यसक्रममा प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुंगा हानेपछि झडप भएको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए । 

सिसौटमा गत असोज २१ गते बारीमा घिरौंला टिपेको विषयमा दुई पक्षबीच ढुंगा हानाहान भएको थियो । स्थानीय चन्दुनन्न महरा र विनोद महरा पक्षबीच ढुंगा हानाहान हुँदा ६५ वर्षीय महेन्द्र घाइते भएका थिए। उनको उपचारको क्रममा वीरगन्जस्थित नेपाल इन्डो अस्पतालमा भोलिपल्ट २२ गते मृत्यु भएको थियो । मृत्युपछि आफन्तले १० लाख रुपैयाँ क्षतिपूर्ति, सहिद घोषणालगायत माग गरेका छन् । उक्त घटनामा एक महिला र दुई पुरुष पक्राउ परेका छन् । तर, आन्दोलनकारीले भने अन्य ९ जनाको नाम पनि समावेश गरेर जाहेरी दरखास्त दर्ता गर्नुपर्ने दबाब दिएका छन् । 

सांसद सिंहले भने प्रहरीले जाहेरी दरखास्त लिन नमानेकाले दबाबमूलक कार्यक्रम गर्न प्रहरी कार्यालय पुगेको बताए। ‘बुधबारसम्म शव उठेको छैन, प्रहरीले जाहेरी दरखास्त लिएर संलग्न सबैलाई कारबाही गरोस् भनेर गएका हौं,’ उनले भने। उत घटनामा २० जना प्रदर्शनकारी घाइते भएको प्रदेश सभा सामसद बिरेद्र सिहले जानकारी दिए । नेपाली कांग्रेस जिल्ला सभापती नाग्रेन्द्र रायले आफुहरुले शान्तीपूर्वक प्रदर्शन गर्दा प्रहरी हस्तक्षेप गर्दा झडप हुन गएको बताए । उनले एक विज्ञप्ती निकाली प्रहरीले पिडित व्यक्तिका तर्फबाट जाहेरी समेत नलिएको अवस्थाको जानकारी गराउँदै पिडित परिवारको जाहेरी लिई उचित क्षतिपूर्तीको व्यवस्था नगरे प्रसासन बिरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिए । 

उत घटनामा जिल्ला प्रहरी कार्यालय घेराउका क्रममा ढुंगा प्रहार हुँदा प्रहरी कार्यालयका सिसाहरू फुटेका छन्। सशस्त्र प्रहरीका १८ वटा ट्रान्सपारेन्ट सिल र नेपाल प्रहरीका १३ ट्रान्सपारेन्ट सिल भाँचिएका छन्। सयौं मानिसले घेराउ थालेपछि सशस्त्र प्रहरी बलबाट डिएसपी सरोज खड्काको नेतृत्वमा एक सय प्रहरी मद्दतका लागि बोलाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ