arrow

असोज महिना र बिहीबार जन्मिनेको स्वभाव

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ असोज २९ बिहिबार
birth.jpg

असोज महिनामा जन्मिने मानिस सुन्दर रुप भएका, अत्यन्त पवित्र, गुणवान र धनी हुने गर्दछन् । यसैगरी विहीबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र समझदार हुने गर्दछन् । तपाई विहीबार जन्मिनुभएको हो भने मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण तपाई आदर्श पनि हुनुहुन्छ । 

सफा र स्वच्छ विचारधाराको मालिक पनि हुनुहुन्छ । तपाईभित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाई जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हासिल गर्नुहुन्छ । 

स्वतन्त्रता तपाईलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न । तपाई चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्नुपर्छ ।

तपाईको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम । बिहीबार जन्मेका मानिसहरुको प्रेम विवाह हुने सम्भावना अधिक रहन्छ । 

उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ । स्वास्थ्यको दृष्टिकोणले विहीबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाईको समस्या देखिन सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ