arrow

गण्डकी प्रदेशमा ह्वात्तै बढे कोरोना संक्रमित, बिहानै थपिए ९७ जना 

logo
हरि पन्त,
प्रकाशित २०७७ असोज २९ बिहिबार
covid-test-positive-corona.jpg

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । बिहीबार बिहानै पोखरामा ३०, बाग्लुङमा ५१ जनासहित गण्डकी प्रदेशमा एकै पटक ९७ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । गण्डकीमा एकै पटक यति ठूलो संख्या कोरोना संक्रमित भेटिएको पहिलो पटक हो । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान ६ः३० बजे दिएको जानकारी अनुसार पोखरास्थित चरक मेमोरियल अस्पतालमा ६ जना र गण्डकी मेडिकल कलेजमा एक जना संक्रमित भेटिएका हुन् । यसैगरी पोखराका १२ वटा वडामा अन्य संक्रमित भेटिएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यस्तै, गोरखामा ७, नवलपरासीमा ६ जना, लमजुङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । बाग्लुङ भेटिएका ५१ ज्ना संक्रमितमध्ये ४१ जना पुरुष छन् । 

योसंगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या ५ हजार २ सय ८४ जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ