arrow

सिरियाली विपक्षी वार्ता टोलीका प्रमुखद्वारा राजिनामा

logo
प्रकाशित २०७३ जेठ १७ सोमबार
_89831672_7db64f95-4eeb-486f-b53c-6c756a5d525c.jpg.jpeg
बेरुत । सिरियाली विपक्षी समूहका नेताले जेनेभामा जारी रहेको भनिएको शान्तिवार्तामा आफ्नो सहभागिता नरहने भन्दै त्यसबाट हात झिकेका छन् । 
 
साथै उनले विपक्षी समूहको वार्ता समिति संयोजकबाट राजिनामा पनि दिएको उनले आफ्नो ट्वीटर अकाउन्टमार्फत जनाएका छन् । 
 
गत महिनादेखि नै जेनेभामा वार्ता हुने भनिएकोमा सफल रुपमा वार्ता हुन नसकेको भन्दै यसका कारण झन सरकारले आफ्नो पक्षका नागरिकमाथि हमला गरी कारबाहीका नाममा मार्ने गरेको आरोप उनको छ । 
 
सोही कारण आफूले उक्त वार्ता समितिबाट पनि हात झिकेको बताएका हुन् । 
 
यसअघि तीन चरणमा वार्ता भएको भनिएको थियो तर सो वार्ता सफल हुन सकेको थिएन । हाल पनि पछिल्लो पटक वार्ताको प्रयास भएको भनी संयुक्त राष्ट्रसंघले जानकारी दिएको थियो । 
 
तर सो वार्ता समयमा सुरु हुन नसकेको पनि समाचारमा जनाइएको छ । बरु सरकारले विपक्षीहरुको वस्ती एवम् आश्रयस्थलहरुलाई छानी छानी तारो बनाएको पनि उनले आरोप लगाएका छन् । 
 
सिरियाली विपक्षी समूहका संयोजक मोहम्मद अल्लोसले आपूmले सो समूहबाट राजिनामा दिएको जानकारी दिएका हुन् । 
 
साथै उनले वार्ताका लागि सघाउने भनेका अन्तर्राष्ट्रिय समुदायले पनि यथेष्ट रुपमा सहयोग नगरेको र आफ्ना कार्यकर्तालाई थुनाबाट मुक्त गर्न नसकेको बताएका छन् । 
 
सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै जनआन्दोलन सुरु भएको थियो । यो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । 
 
पाँच बर्ष लामो यस आन्दोलनमा हालसम्म २ लाख ८० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । यसैगरी लाखौँ व्यक्तिले आफ्नो घर छोडी छिमेकी देशमा शरणार्थी जिवन बिताउनु परेको छ । 
 
यसअघि पनि पटक पटक शान्तिवार्ता भएका त थिए तर ती वार्ताहरु सफल हुन भने सकेको छैन । 
 
यस आन्दोलनको शान्तिपूर्ण समाधानका लागि पहलस्वरुप संयुक्त राज्य अमेरिका र रसियाले पनि युद्धविरामका प्रस्ताव गरेबमोजिम सिरियामा दुई महिनाअघिदेखि युद्धविराम भएको थियो । 
 
युद्धविरामको क्रम जारी नै रहेपनि त्यहाँको सेनाले कारबाहीका नाममा सर्वसाधारणको हत्या गरिरहेको आरोप विपक्षीहरुको रही आएको छ । 
 
सो कारबाहीका क्रममा सेनाले पछिल्लो समयमा सिरियामा आन्दोलन गरिरहेका नागरिकका आश्रयस्थललाई तारो बनाएको विपक्षीहरुको आरोप छ । 
 
अलोसले भनेका छन्– शान्तिवार्ताका नाममा जारी रहेको भनिएको युद्धविरामको पालना गर्न विपक्षीहरुमात्र बाध्य भएका छन् र सरकारी सेनाले विभिन्न स्थानमा कारबाही जारी राखेका छन् । 
 
सिरियामा शान्ति स्थापनाका लागि खटेका संयुक्त राष्ट्रसंघका विशेष दूत स्टेफेन डि मिस्टुराले आगामी हप्तामा नै शान्ति वार्ताको आयोजना गर्ने कुनै सोच नरहेको बताएका छन् । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ