arrow

दलित अगुवाको हत्याको बिषयमा जाहेरी नलिएपछि शुक्रबार कांग्रेसले थप प्रदर्शन गर्ने

logo
प्रकाशित २०७७ असोज २९ बिहिबार
jhadap2.jpg

सर्लाही । नेपाली कांग्रेसले रामनगर घटनालाई लिएर शुक्रबार सर्लाहीको ४ नं. क्षेत्रका सबै गाउँमा विरोध जनाउने  भएको छ । बिहिबार बिहान बसेको क्षेत्रीय कार्य समितिको बैठकले शुक्रबार ४ नं. क्षेत्रमा पर्ने सबै पालिकाका प्रत्येक वडामा मध्यान्ह टायर बालेर प्रदर्शन गर्ने र बेलुका मसाल जुलुस निकाल्ने निर्णय भएको क्षेत्रीय सभापति एवं धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले जानकारी दिए । 

साहकै अध्यक्षतामा बसेको क्षेत्रीय समितिको बैठकमा प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंह, प्रदेश सभा सदस्य द्वोय उपेन्द्र कुशवाह र वीरेन्द्र सिंह लगायतको उपस्थिति रहेको थियो । यता सदरमुकाम मलंगवाको अवस्था बिहिबार सामान्य छ । 

बुधबार दिउँसोपख जिल्ला प्रहरी कार्यालय अगाडि सर्लाहीको ४ नं. निर्वाचन क्षेत्रबाट कांग्रेस सांसद डा. अमरेशकुमार सिंहको नेतृत्वमा आएको समूह र प्रहरीबीच झडप हुँदा मलंगवा तनावग्रस्त बनेको थियो । दलित अगुवा महेन्द्र रामको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै प्रहरी कार्यालय घेराउ गर्न गएको समूहलाई प्रहरीले रोक्न खोजेपछि झडपको स्थिति सिर्जना भएको थियो ।  झडपमा दुवै तर्फका गरी ४ दर्जन बढी घाईते भएका थिए ।


सिसौट घटनामा प्रहरीले पीडित परिवारले भनेका व्यक्तिहरुविरुद्ध मुद्दा दायर नगरेको सांसद डा. अमरेशकुमार सिंह, प्रदेश सभा सांसद वीरेन्द्र सिंह लगायतको दावी छ भने प्रहरीले भने हत्याको घटनाका वास्तविक तीन जना दोषीलाई त्यति बेलै नै हिरासतमा लिएर अनुसन्धान गरिरहेको बताउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ