arrow

५२ जना कोरोना संक्रमित थप

logo
प्रकाशित २०७७ असोज २९ बिहिबार
covid-test-corona.jpg

गण्डकी । गण्डकी प्रदेशमा ५२  कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार ३५६ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा।विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिनेमा सबै नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का छन् । उनीहरूको क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । 

सबै जना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको र संक्रमितको आइसोलेसनको व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ