arrow

फिलिपिन्सको नयाँ राष्ट्रपतिमा रोड्रिगो डुटेर्ते

logo
प्रकाशित २०७३ जेठ १७ सोमबार
Rodrigo-Duterte.jpg.jpeg
मनिला। फिलिसिन्सको संसदले सोमबार रोड्रिगो डुटेर्तेलाई राष्ट्रको नयाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । 
 
यसै महिनाको सुरुतिर फिलिपिन्समा भएको आमनिर्वाचनमा डुटेर्ते प्रचण्ड बहुमत प्राप्त गरी विजयी भएका हुन् । 
 
संसदको दुबै सदन प्रतिनिधि सभा र सिनेटको संयुक्त बैठकले सोमबार सो घोषणा गरेको हो । यसै महिना भएको निर्वाचनमा डुटेर्तेले ६० लाख भन्दा बढी मत प्राप्तगरी फिलिपिन्सको राष्ट्रपति पदमा विजय हासिल गरेका थिए । 
 
आफू राष्ट्रपति पदमा विजय भएको घोषणापछि उनले अबका दिनमा फिलिपिन्समा अपराध नियन्त्रणको लागि प्रतिज्ञा गरे । 
 
डुटेर्ते आर्थिक सुधार र अपराध नियन्त्रणको मुद्दा लिएर चुनावी मैदानमा उत्रिएका थिए । उनि फिलिपिन्सको दक्षिणी सहर दाभाओको मेयरसमेत रहेका थिए । उनि उक्त दाभाओ सहरमा २२ बर्षसम्म मेयर भएका थिए  । दाभाओ सहरको मेयर हुदाँ पनि उनले अपराधविरुद्ध कडा कदम चाल्नु भएको बताइन्छ । 
 
उनले ३९ प्रतिशत मत हासिल गरेका थिए , भने उनको निकतम प्रतिद्वन्द्वी म्यानुअल रोक्सासाले ३३ प्रतिशत मत हासिल गरी पराजय  भएका थिए । 
 
फिलिपिन्समा सबैभन्दा बढी मत ल्याउने उम्मेदवारलाई विजयी घोषणा गर्ने कानुनी प्रावधान रहेको छ । राष्ट्रपतिका लागि सो देशमा ५० प्रतिशत मत ल्याउनुपर्ने कानुनी प्रावधान छैन । 
 
डुटेर्तेले राष्ट्रपति पदको सपथग्रहण आगामी जुन ३० मा मात्र गर्न  कार्यक्रम रहेको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ