arrow

स्वास्थ्य पाठ्यक्रममा इथिक्स समावेश गर्न गोष्ठी

logo
प्रकाशित २०७३ जेठ १७ सोमबार
13344533_10206585104882749_8882262610827128287_n.jpg.jpeg
धरान। नेपालको स्वास्थ्य पाठ्यक्रममा इथिक्स समावेश गर्न धरानस्थित वी.पी. कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा एक दिने राष्ट्रिय स्तरको कार्यशाला गोष्ठी सम्पन्न भएको छ । युनेस्कोको नेपाल नेशनल युनिटको आयोजनामा गोष्ठी भएको हो । 
 
गोष्ठीमा नेपालका विभिन्न स्वास्थ्य शिक्षण संस्थाका डीन तथा अगुवा र विज्ञहरु, स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिहरु, विषयगत विज्ञहरु तथा इथिक्सको क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागि रहेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले बताए । नेपाल नेशनल युनिट अफ वायोइथिक्सका अध्यक्ष प्रा.डा. रुपा राजभण्डारी सिंहको अध्यक्षतामा सम्पन्न गोष्ठीको उद्घाटन वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले गरेका थिए । 
 
गोष्ठीको  उद्घाटनसत्रमा शिक्षाध्यक्ष श्रेष्ठ, इथिक्स विज्ञ प्रा.डा. रमेशकान्त अधिकारी, प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. अरविन्दकुमार सिन्हा, सिक्किम वायोइथिक्स युनिटका प्रमुख प्रा.डा. मिङमा लामा शेर्पा, कार्यक्रम संयोजक एवम् नेपाल नेशनल युनिटका सदस्य–सचिव डा. धनरत्न शाक्यले दिनानुदिन बढ्दै गईरहेको स्वास्थ्य शिक्षण संस्थाहरु, स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानमा देखिएका इथिक्स सम्बनिध चुनौतिहरु, विश्व व्यापारीकरण र प्रविधिमा भएका प्रगतिहरु तथा स्थानीय फरक फरक संस्कृति, मूल्य मान्यता र परिवेश भएको सन्दर्भमा इथिक्स सम्बन्धि ज्ञान हुनु जरुरी देखिएकाले स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानलाई व्यवहारिक, वैज्ञानिक र गुणस्तरीय बनाउन इथिक्स विषयलाई पाठ्यक्रममै समावेश गर्नुपर्ने धारणा व्यक्त गरे ।  
 
सोही अवसरमा नेपाल युनिटको सदस्यमा प्रतिष्ठानका डा. विएन यादव र डा. शिवलाल शर्मा समेत मनोनित गरिएको युनिटका अध्यक्ष प्रा.डा. सिंहले बताए । यसै वीच प्रतिष्ठानमा द्यएप्क्ष्ज्क् क्तगमभलतकु ध्ष्लन समेत गठन गरेको छ । वीङ्सको अध्यक्षमा डेभिड थापा, सचिवमा सिमा अधिकारी र सदस्यहरुमा डा. दिपक मोक्तान, डा. ओमहरमान प्रधान, स्नेह दाहाल, स्वेता उपाध्याय, माधव भट्ट, शुशिल रेग्मी, नमु भट्ट, प्रतिक्षा भण्डारी, सृष्ट मानन्धर, अशिम सुवेदी र ममता विष्ट रहेको सुचना अधिकृत तामाङले बताए ।
 
चिकित्सा तथा स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानमा इथिक्सको अध्यापन, तालिम र अनुसन्धानको लागि युनेस्कोको इथिक्स चेयरले विशेष जोड दिंदै आइरहेको छ । विश्वभरी नै नेटवर्क रहेको यस सञ्जालमा नेपाल पनि सन् २०१४ वाट संलग्न भएदेखि नेपाल युनिटले चिकित्सा शिक्षा, सेवा र अनुसन्धानमा इथिक्सको अध्ययन अध्यापन गराउन नेपालका स्वास्थ्य विश्वविद्यालयहरुलाई प्रोत्साहित गर्दै आएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ