arrow

एक सशस्त्र प्रहरीको मृत्यु, ३७ संक्रमित थपिए

logo
प्रकाशित २०७७ असोज ३० शुक्रबार
gandaki-province-pradesh.jpg

गण्डकी । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं ७ का २५ वर्षीय पुरुषको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

 सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत निज यही असोज २५ गते अस्पताल भर्ना भएकोमा २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
    
यसैबीच प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिनेमा नवलपरासी(बर्दाघाट सुस्ता पूर्व)का १६, गोरखाका नौ, लमजुङ र स्याङ्जाका चार-चार, बाग्लुङका दुई, कास्की र पर्वतका एक-एक जना छन् । प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या पाँच हजार ४७१ जना रहेको निर्देशनालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ