- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सर्लाही । बुधबार दिउँसोपख जिल्ला प्रहरी कार्यालय अगाडि सर्लाही ४ का कांग्रेस सांसद डा. अमरेशकुमार सिंहको नेतृत्वमा आएको समूह र प्रहरीबीच झडप हुँदा मलंगवा तनावग्रस्त बनेको थियो । दलित अगुवा महेन्द्र रामको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै प्रहरी कार्यालय घेराउ गर्न गएको समूहलाई प्रहरीले रोक्न खोजेपछि झडपको स्थिति सिर्जना भएको थियो । झडपमा दुवै तर्फका गरी ४ दर्जन बढी घाईते भएका थिए ।
रामनगर घटनालाई लिएर शुक्रबार नेपाली कांग्रेसले सर्लाहीको ४ नं. क्षेत्रका सबै गाउँमा विरोध जनाएको छ । शुक्रबार ४ नं. क्षेत्रमा पर्ने सबै पालिकाका प्रत्येक वडामा मध्यान्ह टायर बालेर प्रदर्शन गरेको कांग्रेसले जनाएको छ र बेलुका मसाल जुलुस निकालिएको क्षेत्रीय सभापति एवं धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले जानकारी दिए ।
शुक्रबार भएको कायक्रममा आफ्नो घर भएको ठाँउको पालिकामा बसेर प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंह, प्रदेश सभा सदस्यद्वय उपेन्द्र कुशवाह र वीरेन्द्र सिंह लगायतको उपस्थिति रहेको थियो ।
सिसौट घटनामा प्रहरीले पीडित परिवारले भनेका व्यक्तिहरुविरुद्ध किटानी जाहेरी नलिएको सांसद डा. अमरेशकुमार सिंह, प्रदेश सभा सांसद वीरेन्द्र सिंह लगायतको दावी छ । प्रहरीले भने हत्याको घटनाका वास्तविक तीन जना दोषीलाई त्यतिबेलै नै हिरासतमा लिएर अनुसन्धान गरिरहेको बताउँदै आएको छ ।