arrow

रोल्पामा खुल्ला क्रिकेट, युएनवीसी दाङ विजेता

logo
प्रकाशित २०७३ जेठ १७ सोमबार
cricket-ballhitting-wickets.jpg.jpeg
रोल्पा । जिल्ला क्रिकेट संघ रोल्पाले आयोजना गरेको खुल्ला क्रिकेट प्रतियोगिता सकिएको छ । तीन दिन सम्म चलेको क्रिकेट प्रतियोगितामा ९ टिमले सहभागिता जनाएका थिए । जसमा ८ टिमलाई पछि पार्दै युएनवीसी दाङको टिम विजेता बन्यो । चर्तुभूज युवाकल्व खुृंग्री उपविजेता बन्यो । 
 
प्रतियोगितामा जिल्ला क्रिकेट संघ रोल्पा र छड्के देउराली युवा क्लव राङ्कोट सेमिफाइनलिस्ट बने । प्रतियोगिताको विजेताले ३० हजार, ट्रफी र प्रमाणपत्र तथा उपविजेताले १५ हजार रुपैंया, ट्रफी र प्रमाणपत्र पाए । दुई सेमिफाइनलिष्टले समान ४–४ हजार प्राप्त गरे । 
 
यसैगरी, म्यान अफ द सिरीजलाई दुई हजार र ट्रफी, म्यान अफ द म्याच हुनेलाई ट्रफी र सर्वाधिक रन बनाउनेलाई समेत ट्रफी प्रदान गरिएको अध्यक्ष  ओम केसीले जानकारी दिए । खेल हेर्ने दर्शकको उपस्थिति बाक्लो थियो । पुरस्कार वितरण कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न कार्यालय तथा संघ सस्थाका प्रमख एवं प्रतिनिधि र विभिन्न पत्रपत्रिका तथा संचार माध्यममा आवद्ध संचारकर्मीहरु उपस्थित थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ