arrow

५१ प्रतिशत नेपालीको मृत्युको कारक तत्व सुर्ती

logo
प्रकाशित २०७३ जेठ १७ सोमबार
IMG_0643.JPG.jpeg
भक्तपुर । नेपालमा वर्षेनी ७ हजारलाई क्षयरोगी र २७ हजारलाई क्यान्सर रोगी बनाउने सुर्ती र धुम्रपानकै कारण एकवर्षमा १५ हजार नेपालीको मृत्यु हुने गरेको छ ।  सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन कार्यान्वयनमा सरकारी उदासिनता र सेवनकर्ताको हेलचक्र्याइँकै कारण वर्षेनी अन्दाजी १० अर्व रुपैयाँभन्दा वढी धुवाँमा उड्ने गरेको छ । आन्तरिक राजश्व कार्यालयका अनुसार सरकारले सालाखाला वर्षेनी ५ अर्व रुपैयाँ सुर्तीबाट कर उठाउने गर्दछ । 
 
एक अध्ययनअनुसार सुर्तीकै कारण हुने नसर्ने रोगको उपचारमा १५ अर्वभन्दा वढी खर्च हुने गर्दछ । सरकारले गत शनिवार घोषणा गरेको आर्थिक वर्ष २०७३/७४ सालको बजेटले चुरोटमा ८ देखि १५ प्रतिशतसम्म कर वृद्धि गरेको छ भने विडी र सुर्तीमा १२ प्रतिशत कर वृद्धि गरेको छ । 
 
डेमोग्राफिक हेल्थ सर्भे २०११ अनुसार  ५२ प्रतिशत पुरुष र १३.३ प्रतिशत महिला सूर्तिजन्य पदार्थ सेवन गर्दछन । पुरुषमध्ये ३०% ले चुरोट र ३८% सुर्ति (खैनी, पराग) सेवन गर्दछन भने महिलामध्ये ९% ले चुरोट र ६% ले सूर्ति (गुट्खा, पानपराग ) सेवन गर्दछन । 
 
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल भक्तपुरका संयोजक रत्नश्वरी चवालले नेपालका ५% गर्भवति महिलार ७% बच्चालाई दुधखुवाउने महिलाले चुरोट खान्छन भने ४% गर्भवतिमहिला र ६% दुध खुवाउने महिलाले सूर्ति सेवन गर्दछन ।
 
५१% भन्दा वढी नेपालीको मृत्यु सुर्ती सेवनका कारण उत्पन्न हुने नसर्ने रोगवाट हुने गरेको पनि उनले बताइन् । दम,खोकी, क्यान्सर, मुटुरोग जस्ता नसर्ने रोगको कारण सुर्ती सेवन भएकाले यसलाई न्यूनीकरण गर्न सरकारी र जनस्तरबाट अभियान चलाउनु पर्ने उनको ठम्याइ छ । 
 
विश्व सुर्तीरहित दिवसको अघिल्लो दिन सोमबार भक्तपुरको कमलविनायकमा जनजागरण अभियान चलाउँदै गरेकी स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जालका संयोजक चवालले सुर्तीले जनस्वास्थ्यमा पार्ने नकारात्मक असरकाबारेमा जनचेतना अभिवृद्धि गर्ने, पाठ्यपुस्तकमा सुर्तीजन्यपदार्थ, क्षयरोग, क्यान्सरलगायतका रोगहरु लाग्दछ भन्ने सचेतनामुलक पाठलाई निरन्तरता दिइ विद्यालय तहमा नै व्यवहार परिवर्तन गराउने रणनीति बनाइनुपर्ने बताइन् । 
 
अप्रत्यक्षधुम्रपानअर्थात अरुले गर्ने धुम्रपानबाट पनि १०० मीटर वरपरसम्मउत्तिकै असर गर्ने भएकाले धुम्रपाननगर्नेहरुको अधिकार रक्षागर्न जनजागरण अभियानआवश्यक रहेको उनको ठम्याइ छ । 
नेपालअर्वुदरोग निवारण संस्थाभक्तपुरकाउपाध्यक्षविवेकमानकर्माचार्यले भने,९८ प्रतिशतयुवाहरुलाई र सालाखाला ९५ प्रतिशतलाई धुम्रपानबाट हुने हानीबारे जानकारी छ । उसैंले सार्वजनिक स्थलमाधुम्रपान गरी सवैलाई रोगीबनाइ दिन्छ । तसर्थ सरकारले प्रहरी खटाएर कानुनबमोजिम दण्ड सजायगर्नुपर्दछ । ’
 
जनजागरण अभियानमा सरिक नेपाल स्काउटका पूर्व सचिव रामगोपाल कर्माचार्यले जुन देशमालागू पदार्थ मादकपदार्थका दुव्र्यसनीहरु वढी हुन्छन् , त्यो देशले प्रगतिगर्न नसक्ने बताउँदै देशको कर्णधार र देश विकासका साझेदार युवाहरु नै वढी लागू पदार्थको दुव्र्यसनी भइदिए पछि उनीहरुको कार्य क्षमतामा र्‍हास आउने भएकाले जागरण र कार्वाही अभियानसँग सँगै लानुपर्ने खाँचो औंल्याए । 
 
स्वास्थ्यकर्मी धनमान श्रेष्ठले सुर्ती सेवनले प्रजनन् स्वास्थ्यमा समेत असर गर्ने, शरीरको स्वरुप विग्रिने, छालामा चमकता हट्दै गइचाउरी पर्ने लगायतका कुरा जनतालाई थाहादिएको खण्डमा भविष्यका कर्णधार युवाहरुको भविष्य राम्रो भइ देशलाई योगदान पुग्ने बताए । 
 
निष्कृय धुम्रपानबाट चाडो चाडो सर्दी लाग्ने, मध्यकानमा संक्रमण र कानेगुजी जम्ने, खोकी र श्वास बढ्ने, नाक बजाएर सास फेर्ने, न्युमोनिया र ब्रोङ्काईटीसको जोखिम बढ्ने, फोक्सो कमजोर हुने, दम वढ्ने भएकाले आफ्नो वरपर धुम्रपान गर्न दिन नहुने उनको सुझाव रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ