arrow

कात्तिक महिना र शनिबार जन्म हुने व्यक्तिको स्वभाव

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ कार्तिक १ शनिबार
birth.jpg

कात्तिक महिनामा जन्मिने व्यक्तिहरु घमण्डी स्वभावका भएपनि निकै धनवान र बुद्धिमानी हुने गर्दछन् ।मानिसहरु भाग्यमा निर्भर हुने र परिश्रम नगर्ने स्वभावका पनि रहेका हुन्छन् । साथै यिनीहरु अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न नसक्ने स्वभावका हुन्छन । यस्तै कम बुद्धि भएको, दुष्ट प्रवित्ति र पापी पनि हुने गर्दछन् ।

यसैगरी शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् । मेधावी, बुद्धिमानी स्वभावका हुन्छन् । यो बार जन्मिएका मानिस हाइ प्रोफाइलका समान मन पराउने स्वभावका हुन्छन् । उनीहरुको संगत पनि हाइ प्रोफाइलका व्यक्तिसँग हुने गर्दछ ।

शनिबार जन्मिएका मानिसहरु काममा निपूर्ण, खर्चालु, विलासी जीवन मनपराउने खालका हुन्छन् ।

यस्तै शनिबार जन्मिएका व्यक्तिहरु गीत संगीतमा बढी रुचि राख्ने, आफ्नो दैनिक काममा निपूर्ण हुने, अलि बढी जिद्धी स्वभावका हुन्छन् भने आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्दछन् ।

यिनीहरुको वैवाहिक जीवन सुखमय हुन्छ किनभने यिनीहरु आफ्नो पार्टनरलाई निकै केयर गर्छन् । शनिबार जन्मिएका मानिस प्रत्येक कार्यमा सफल पनि हुन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ