- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अछाम । साइन नेपाल धनगढीले अछामको रामारोसन गाउँपालिकाका बाढी पहिरो पिडितलाई राहत वितरण गरेको छ । गाउँपालिकासंगको सहकार्यमा गाउँपालिकाका २ सय १६ जना बाढी पहिरो पिडितलाई शुक्रवार राहत सामग्री वितरण गरिएको हो ।
अछामको रामरोसन गाउँपालिकामा सञ्चालित केयर एण्ड रिलिफ परियोजाको आपतकालिन राहत तथा उद्धार कार्यक्रम अन्तर्गत गाउँपालिका वडा नम्बर ५,६ मा खाद्यान्न , म्याट्रिक्स र वल्याङ्केट लगायतका सामग्री वितरण गरेका छन् ।
गत भदौ २ गते राति रामारोसन गाउँ पालिकाको वडा नम्बर ५ र ६ भइ वग्ने कैशा खोलामा आएको विनाशकारी वाढी पहिरोका कारण शैनबजार, घट्टेबजारका ८ जनाको ज्यान जानुका साथै ९ जना बेपत्ता रहेका छन् । ठूलो धन जनको क्षति भएको थियो ।
विपतको घडीमा संस्थाले उपलब्ध गराएको खाद्यान्न र अन्य सामग्रीले गाउँपालिकालाई नै ठूलो सहयोग पुगेको रामारोसन गाउँपालिकाका कार्यपालिका सदस्य हरि परियारले बताए ।
आपतकालिन अवस्थामा संस्था जहाँ परिचालन हुन्छ, साइन नेपालका अध्यक्ष भक्तराज जोशीले भने - रामारोशन गाउपालिकामा संस्थाको कार्यक्षेत्र पनि हो । संस्थाले पिडितको घाउमा राहत स्वरुप मलपट्टीको काम गरेको हो । संस्थाले यस पछि पनि उक्त ठाँउमा विभिन्न सिपमुलक र आय आर्जनका कार्यक्रम निरन्तर संचालन रहने अध्यक्ष जोशीले बताए ।
राहत स्वरुप ८ लाख ५३ हजार नौ सय साठी रुपैयाँ बराबरको खाध्यान्न तथा अन्य सामाग्री हस्तान्तरण गरिएको संस्थाका कोषाध्यक्ष मेखराज भट्टले बताए ।
राहत वितरण गरिएका प्रतिव्यक्तिलाई पच्चिस किलो चामल, ३ किलो दाल, १ लिटर तेल, १ किलो नुन र १ किलो सोयाविन वितरण गरिएको छ । राहत वितरण गरिएका मध्य वाढीले घर पसल बगाएका तथा मानविय क्षति बेहोरेका ५० जनाका परिवारलाई थप म्याट्रिस वेड र विल्याङ्केट समेत वितरण गरिएको कोषाध्यक्ष भट्टले वताए ।
यस पटक गाउँपालिकामा ८ सय ९० घर परिवार वाढी पहिरोवाट पिडित भएको गाउपालिकाको तथ्याङ्क रहेको छ । त्यसै गरि वाढी पहिरोका कारण गाउपालिकामा १७ सिचाइकुला, ४ जलविद्युत आयोजना, ३ सय पचपन्न पशु चौपाया, चौतिस घर, १७ खानेपानी, १२ झुलुङ्गे पुलमा क्षती पुगेको रामारोसन गाउपालिकाका निमित्त कार्यकारी अधिकृत राम वहादुर भण्डारीले बताए ।
त्यसैगरी रामोरोसन सडक खनण्डमा १८ स्थामा ४ हजार ६५ मिटर क्षति, २८ सय २८ खेत र ८ सय ८२ पाखो क्षेत्रफल जमिनमा क्षति, जोखिमका कारण घर छोड्ने १ सय २७, पसल वगाएको ४२, छाना ९६ वटामा पूर्ण क्षति भएको छ ।
यस अवधिमा गाउँपालिकाले बाढी पहिरोले गरेको क्षतिको विवरण संकलन गरेर प्रदेश सरकार र संघ सरकारमा पुनः निर्माणसहित माग गरि पठाइ सकिएको कार्यकारी अधिकृत भण्डारीले बताए ।
बाढी पीडितलाई विभिन्न संघ संस्था र विभिन्न राजनितिक पार्टीले राहत संकलन गरेर वितरण गरेको कार्यकारी भण्डारीले बताए ।