arrow

नेपालमा पनि फोर्ड हेरिटेजको ११३ औं वार्षिकोत्सव मनाइदै

logo
प्रकाशित २०७३ जेठ १७ सोमबार
HenryFord-ModelT_1921.jpg.jpeg
काठमाडौं । नेपालमा पनि फोर्ड मोटर कम्पनीका तथा नेपालका लागि फोर्डका आधिकारीक डिलर जि. ओ. फोर्डले फोर्डको ११३ वार्षिकोत्सव मनाईने भएको छ । फोड मोटरको स्थापनाको इतिहासलाई स्मरण गर्दै यस जुन महिना भर फोर्ड हेरिटेज मन्थ मनाउन लागिएको आयोजकले जानकारी दिएको छ । यस वर्ष फोर्डले आफ्नो गाडीहरुको उत्कृष्टतालाई यस उत्सवकोबीचमा राखिएको छ ।
 
एशिया प्यासिफिक क्षेत्रका लागि म्यानेजिङ्ग डाइरेक्टर डेभिड वेष्टरम्यानले प्रत्येक वर्ष हेरिटेज मन्थ मनाउदै आएकोमा गौरवको अनुभूति भएको छ साथै अटोमोवाइल उद्योगमा पर्याप्त योगदान पुर्‍याउन सकेकोमा प्रसन्नता व्यक्त गरे । उनले भने ‘फोर्ड हेरिटेज मन्थ फोर्डको इतिहासको उत्सव मात्र नभई ग्राहकहरुको लागि एक उत्साहजनक उत्सवको रुपमा प्रस्तुत हुनेछ ।’ 
 
फोर्ड हेरिटेज मन्थ नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइदै छ । जस अन्तर्गत जुन महिना भरी फोर्ड गाडीमा विशेष छुटको व्यवस्था गर्नुका साथै शोरुम पाल्नु हुने ग्राहक तथा टेस्ट ड्राइभ गर्नेहरुको लागि विशेष उपहारको व्यवस्था गरिएको छ । साथै जि. ओ. फोर्डले ग्राहकहरुको रुचीमा ध्यानमा राखी स्पेशल मुभि नाइट, गोकर्ट ट्र्याकमा विशेष रेस जस्ता थुप्रै कार्यक्रमहरु ल्याएको आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ