arrow

गजल संग्रह 'अनुभूति' सार्वजनिक

logo
प्रकाशित २०७३ जेठ १७ सोमबार
anubuti-book.jpg.jpeg
दु:खमा छन् जनताहरु, नेता मतिभ्रष्ट यहाँ
मतिभ्रष्टलाई डाँडा त्यो, कटाइदेउ भवानी।
 
जनता पनि के कम र, फटाहालाई नै मान्ने 
नमान्ने ज्ञान दिमागमा, रटाइदेउ भवानी।
 
"अनुभूति" गजलसंग्रहबाट निकालिएको माथिको हरपहरु 
 
काठमाडौं। गजल संग्रह "अनुभूति" को राजधानीमा आयोजित एक कार्यक्रममा लोर्कापण गरिएको हो। गजलकार शैलेन्द्र कुमार थापाद्धारा लिखित "अनुभूति" को बारेमा टिपण्णी गर्ने अधिकांश सर्जकहरुले पढ्न योग्य कृतिको संज्ञा दिएका छन्। 
अनुभूतिको अध्ययनले जीवनको अनुभूति हुने बताउदै गजलको सिद्धान्त कति मिलो मिलेन भनेर हेर्नु भन्दा पनि यस कृतिमा भएको मननयोग्य पक्षबाट सिक्नुपर्ने प्रज्ञा प्रतिष्ठानका उपकूलपति बिष्णु बिबु घिमिरेले बताए।
 
'अनुभूति' पठन योग्य गजल रचना हो। गजल बारेमा कम अध्ययन गरेका थापाबाट यति उत्कृष्ठ रचना तयार भएकोमा चकित भए। गजलकारहरुले बिषयबस्तु नभेटिरहेको अवस्थामा यो पुस्तकबाट धेरै बिषय बस्तु पहिचान गर्न सकिन्छ।' बरिष्ठ गजलकार ज्ञान वहादुर पौडेलले बताए। गजलको बिरुद्ध उत्रिनेहरु बिरुद्ध लड्न यस पुस्तक लेखेर उभिनु भएकोमा गजलकार थापालाई धन्यबाद समेत दिए।
 
शारीरिक रुपमा असक्त भएर पनि यति बेजोड र आत्माबिश्वासको साथ रचना गर्न सक्ने ब्यक्ति प्रेरणाको स्रोत हुन्। उनको बौदिक स्तरले गर्दा यो पुस्तक पढ्दा मानसिक पोषण प्राप्त हुने पौडेलले बताए।
 
'अनुभूति' एउटा नयाँ र मौलिक सोच भएको गजल हो। अनुभूतिको लोकार्पण कार्यक्रमले साहित्यिक र गैर साहित्यिक जमातलाई जोड्न मदत गरेको साहित्यकार नवराज लम्सालले बताए। 
 
यी गजलहरुमा राजनैतिक चेतना, सामाजिक चेतना र समयले मागेका कतिपय कुराहरु समेटिएकोले उत्कृष्ठ मौलिक रचनाको रुपमा लिइएको साहित्यकार श्रवण मुकारुमले बताए।
 
गजलकारका पारिवारिक सदस्य गगन थापाले आगन्तुकलाई स्वागत गर्दै कान्छाबुवासग बाल्यकाल देखिसगै रदहाँ सत्यको पक्षमा निडर भएर लाग्ने तथा आत्मबिश्वासका साथ रहेको देख्दा जीवनमा धेरै सिकेको बताए।
 
सिक्न उत्सुक र कम्प्युटर सिकेपछि कम्प्युटरमा खेलिरहने भाईले के गरिरहेको होला भनेको त आज थाहा भयो यस्तो कृति पो निकालेछ त ! कार्यक्रमको अध्यक्षता गरेका महेन्द्र कुमार थापाले बताए। गजलकार थापालाई १४ वर्षको उमेरमा नै मस्कुलर डिस्ट्रर्फीका कारण शरिरको अधिकाशं भाग कम चल्ने गरेको जानकारी दिइएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ