arrow

अन्तःशुल्कका दरहरुमा १५ प्रतिशतसम्म वृद्धि (विवरण सहित)

logo
प्रकाशित २०७३ जेठ १७ सोमबार
ird.jpg.jpeg
काठमाडौं। सरकारले अन्तःशुल्क दरहरूमा बृद्धि गरेको छ। आन्तरिक राजश्व् विभागले सोमबार जारी गरेको विज्ञप्तीका अनुसार वस्तुको आन्तरिक उत्पादन तथा पैठारीमा लाग्ने अन्तः शुल्कमा ८ देखि १५ प्रतिशतसम्म बृद्धि गरिएको हो। 
 
नेपाल विश्व व्यापार संगठनको सदस्य भएपछि भन्सार शुल्कको दर घटाउदै लगेको सन्दर्भमा उक्त शुल्कको क्षतिपूर्तिको लागि पैठारी भएर आउने टेलिभिजन, टेलिफोन, माइक्रोफोन, जंक फुड्स, सिमेन्ट, मार्वल, टाइल्स, फलाम, पेन्ट्स, अप्टिकल फाइवर आदि वस्तुहरुमा पनि अन्तःशुल्क असुल उपर गर्ने गरिएको विभागले जानकारी दिएको छ।
 
विभागले मदिराजन्य पदार्थ, चुरोट तथा सूर्तीजन्य पदार्थ एवं फलाम आदिमा परिमाणगत आधारमा र टेलिभिजन, प्लाष्टिकजन्य वस्तु, सवारी साधन आदिमा मूल्यगत आधारमा अन्तःशुल्क लगाइएको जनाएको छ। विभागका महानिर्देशक चुडामणि शर्माले बजेट भाषणकै दिनदेखि लागू हुनेगरी अन्तशुल्क दरमा बृद्धि गरिएको जानकारी दिए।  
 
अन्तःशुल्क राजस्व चुहावट नियन्त्रणका लागि विभिन्न उपायहरु अपनाइएका छन् त्यसमध्ये त्यसको प्रशासन पनि पर्दछ। अन्तःशुल्क प्रशासन भौतिक नियन्त्रण र स्वयं निष्काशन प्रणालीमा आधारित छ।
 
मदिराजन्य पदार्थ, वियर, मोलासेस जस्ता पदार्थको उत्पादन र बिक्री वितरणको प्रशासन भौतिक नियन्त्रण प्रणाली अन्तर्गत गरिन्छ भने चुरोट, सूर्तीजन्य वस्तु, टेलिभिजन, सवारी साधन, फलाम, पेन्ट्स, प्लाष्टिकजन्य वस्तुको उत्पादनको प्रशासन स्वयं निष्काशन प्रणाली अन्तर्गत गरिएको पनि विभागद्वारा जारी विज्ञप्तीमा भनिएको छ।
 
अन्तशुल्क प्रशासन आफैमा जटिल र अर्ध न्यायिक प्रकृतिको हुन्छ। अन्तःशुल्क राजस्वको दर उच्च हुने भएकोले राजस्व चुहावटको संभावना पनि त्यतिकै हुने गर्छ। सरकारको दैनिक राज्य व्यवस्था संचालन र पुँजीगत निर्माणका लागि आवश्यक पर्ने राजस्वको महत्वपूर्ण स्रोत अन्तःशुल्क पनि हो। 
 
सरकारले २०७३ जेठ १५ गते जारी गरेको यस वर्षको आर्थिक अध्यादेश २०७३ बाट भौतिक नियन्त्रण र स्वयं निष्काशन प्रणाली अन्तर्गत प्रशासन हुने मुख्य मुख्य वस्तुहरुमा लाग्ने अन्तःशुल्कका दरहरुमा विशेष गरी मदिराजन्य र सूर्तीजन्य वस्तुहरुमा लाग्ने अन्तःशुल्कमा ८ देखि १५ प्रतिशतसम्म वृद्धि गरी राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। आर्थिक अध्यादेश २०७३ ले निम्नानुसारका अन्तःशुल्कजन्य वस्तुहरुमा अन्तःशुल्कको दर वृद्धि गरेको देखिन्छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ