arrow

राष्ट्रपति रनिङ सिल्ड खेलकुद, ५३ स्वर्ण, ५३ रजत र ६५ कांस्यका लागि भिडन्त

logo
प्रकाशित २०७३ जेठ १७ सोमबार
Bidhya-Devi-Bhandari.jpg.jpeg
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको छ । राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड राष्ट्रपतिबाट पहिलोपटक उद्घाटन हुन लागेको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख प्रकाशचन्द्र घिमिरेले बताए । 
 
आठ खेल समावेश प्रतियोगिताका खेलहरु जेठ १९ देखि २१ गतेसम्म उपत्यकाका विभिन्न स्थानमा हुने छन् । एथलेटिक्स र फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, कराते र कबड्डी सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर, तेक्वान्दो कोटेश्वर, उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहल तथा क्रिकेट कीर्तिपुरमा हुने छ । जम्मा ५३ स्वर्ण, ५३ रजत र ६५ कांस्य पदकका लागि भिडन्त हुने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत मीनकुमार शर्माले जानकारी दिए । 
 
कूल पुरस्कार राशी ५ लाख ९४ हजार रुपैयाँ रहेको छ । समग्रमा टिममा पहिलो हुनेले २५ हजार, दोश्रोले २० हजार तथा तेश्रोले १५ हजार पुरस्कार जित्ने छन् । व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार पुरस्कार प्राप्त गर्ने छन् । टिम स्पर्धामा शीर्ष तीन स्थानमा रहने प्रत्येक टिमका खेलाडीलाई क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय नगदबाट पुरस्कृत गरिने राखेपले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ