- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । विद्यालयको पहुच बढाउन कपिलवस्तुमा लुम्बिनी एकीकृत बिकास सस्थाले तौलिहवामा २६ किशोर किशोरीलाई साईकल बाडेको छ । कतार च्यारिटी नेपालको सहयोमगा जिल्लाका बिभिन्न विद्यालयमा अध्ययनरत उनीहरुलाई साईलक उपलब्ध गराइएको हो ।
विद्यालय टाढा भएका बिद्यार्थीहरुलाई आउजाउ गर्न सहजताकालागि साईलक दिइएको हो । सो अवसरमा सांसद अतहर कमालले विद्यालय टाढा हुदा विद्यालय जान अप्ठेरो परेको बिद्यर्थीलाई संस्थाले साईलक उपलब्ध गराएर राम्रो काम गरेको बताए ।
‘विद्यालय टाढा हुदा खासगरी किशोरीहरुलाई विद्यालय जान गाह्रो हुन्छ, यस्तोमा साईकलले अब विद्यालयको पहुच बढाउछ ’ उनले भने । कपिलवस्तु नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले बिपन्न छात्रछात्रालार्ईं साईलक दिएर लिडो संस्थाले धेरै राम्रो काम गरेको बताए । साईकल पाए पछि किशोर किशोरीहरु निकै खुशी भएका थिए ।