arrow

गण्डकी : थप ५२ जनामा संक्रमण पुष्टि

logo
प्रकाशित २०७७ कार्तिक २ आइतबार
covid-test-positive-corona.jpg

गण्डकी । गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या पाँच हजार ६८५ पुगेको छ । प्रदेशमा आइतबार थप ५२ जनामा संक्रमण पुष्टि भएको छ । 

संक्रमित सबैको आइसोलेसनको व्यवस्थापनको तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । 

प्रदेशमा हालसम्म ८० हजार ३९० जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना संक्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४८८ जना निको भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ