arrow

इन्डियन प्रिमियर लिगः सुपर ओभरमा मुम्बई र हैदराबाद पराजित

logo
प्रकाशित २०७७ कार्तिक ३ सोमबार
ipl-mumbai1.jpg

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आइतबार भएका दुवै खेलमा सुपर ओभरमा निर्णायक बनेको छ । मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद पराजित हुँदा किङ्स इलाभेन पन्जाब र कोलकाता नाइट राइजर्स विजयी भएका हुन् । 

पन्जाबले मुम्बईलाई पराजित गयो । दुबईमा आइतबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले ६ विकेट गुमाएर १ सय ७६ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा सुरुवातमा ब्याटिङ गरेको पन्जाबले २ विकेट गुमाएर ५ रन जोड्यो । जवाफमा मुम्बईले पनि १ विकेट गुमाएर ५ रन बनाएपछि खेल पुनस् बराबरीमा सकियो ।

त्यसपछि फेरी अर्को सुपर ओभरको खेल भएको थियो ।  जसमा मुम्बईले १ विकेट गुमाएर ११ रन बनायो । १२ रनको लक्ष्य पन्जाबले बिना विकेटको क्षतिमा ५ बलमा १५ रन जोड्दै जित निकाल्यो ।

सुपर ओभरमा जानुअघि पन्जाबका कप्तान केएल राहुलले ७७ रन बनाए । यस्तै निकोलस पुरण र क्रिस गेलले २४–२४ रन जोडे । मुम्बईका जस्प्रित बुम्राहले ३ तथा राहुल चाहरले २ विकेट लिए । 

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । क्विन्टन डी ककले ५३, हार्दिक पाण्डयले ३४ तथा केइरन पोलार्डले नटआउट रहँदै ३४ रन बनाए । पन्जाबका मोहमद शामी र अश्रदिप सिंहले २–२ विकेट लिए । 

आइतबारको अर्को खेलमा कोलकाता पनि सुपरओभरमा विजयी 
कोलकाताले हैदराबादलाई हरायो । अबुधाबीमा आइतबार भएको खेलमा हैदराबादलाई सुपर ओभरमा पराजित गर्दै कोलकाताले पाँचौं जित निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले ६ विकेटको नोक्सानीमा १ सय ६३ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा कोलकाताका लक्की फर्गुसनले २ विकेट लिएपछि हैदराबादले मात्र २ रन जोड्यो । ३ रनको लक्ष्य कोलकत्ताले विकेट नगुमाई चौंथो बलमा पूरा गर्यो ।

सुपर ओभर जानुअघि हैदराबादका कप्तान डेभिड वार्नरले नटआउट ४८ रन बनाए ।  वार्नरले आईपीएलमा ५ हजार रन समेत पूरा गरेका छन् । वार्नर ५ हजार रन पूरा गर्ने पहिलो विदेशी खेलाडी हुन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

कोलकत्ताका लागि शुबमन गिलले सर्वाधिक ३६ रन जोड्दा कप्तान इयान मोर्गनले ३४ तथा निवर्तमान कप्तान दिनेश कार्तिक २९ रनमा नटआउट रहे । हैदराबादका टी नटराजनले २ विकेट लिए । 

अंक तालिका
नवौं चरणको समाप्तिसम्म दिल्ली क्यापिटल्स १४ अंकसहित शीर्ष स्थानमा रहेको छ । पन्जाबसँग पराजित भएसँगै मुम्बईले शीर्ष स्थानमा उक्लने मौकासमेत गुमाएको छ । मुम्बई  १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

रोयल च्यालेन्जर्स बैंगलोर १२ अंकसहित तेस्रो स्थानमा रहेको छ । कोलकाता १० अंकसहित चौथो स्थानमा छ । 

हैदराबाद, बन्जाब, चेन्नई सपुर किङ्स र राजस्थान रोयल्सको समान ६ अंक छ । अंकतालिकामा क्रमशः पाँचौंदेखि आठौं स्थानमा रहेका छन् । 

सोमबारको खेल
सोमबार एकमात्र खेल हुनेछ । 

बेलुकी ७ः४५ बजे चेन्नई र राजस्थान खेल्नेछन् । यो खेल जित्दा पुछारका दुई टिम पाँचौं स्थानमा पुग्ने अवसर हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ