arrow

प्रजातन्त्रवादी प्राध्यापक संघको महाधिवेशन अन्यौलमा

logo
प्रकाशित २०७३ जेठ १८ मंगलबार
democratic_professor.jpg.jpeg
काठमाडौं । नेतृत्वले पर्याप्त तयारी नगर्दा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको चौथो महाधिवेशन अन्यौलमा परेको छ । नेपाली काँग्रेस निकट प्राध्यापकहरुको संगठनको रुपमा रहेको संघको महाधिवेशन यही जेठ २७ र २८ गते पोखरामा गर्ने निर्णय भएपनि पर्याप्त तयारी नभएको प्राध्यापकहरुले बताएका छन् । 
 
महाधिवेशन तयारीका लागि संघको तर्फबाट कुनै समिति नबनाई संघका अध्यक्ष बासु घिमिरे र महासचिव जगत तिमिल्सीनाले आफै जिम्मेवारी लिएपनि तयारी नगरेका हुन् । नेतृत्वले तयारी नगर्नु र प्रतिनिधि छनौटको विवाद चर्किदै जानुले निर्धारित समयमा महाधिवेशन गर्न असंभव जस्तै देखिएको प्राध्यापकहरु बताउछन् । 
 
केही क्याम्पसका केही प्राध्यापक नेताहरुले विधान विपरित प्रतिनिधिहरु छनौट गरेकाले विवाद चर्किदै गएको हो । प्रतिनिधि विवाद समाधान गर्न र प्रतिनिधिहरुको छानविन गर्न गठन गरेको ५ सदस्यीय समितिले छानविनको कार्यविधि तयार पारेको छ । समितिका संयोजक चेतराज भट्टले कार्यविधि बनाउने काम भर्खरै मात्रै सकिएकाले अव छानविनको काम हुने बताए । उनले केही क्याम्पसहरुबाट परेका उजुरीहरु उपर कार्यविधि अनुसार छानविन गरेर यथासक्य चाडो छानविन सक्ने दावी पनि गरे । 
 
उनले महाधिवेशन हुने नहुने भन्ने बारेमा आफुलाई केही थाहा नभएको स्पष्ट पार्दै निर्वाचन समितिको तर्फबाट गर्ने तयारी भने आफुले गरिरहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ