arrow

सांसद मल्लले दशैं पेश्की सरकारलाई फिर्ता पठाउने

logo
राम धामी,
प्रकाशित २०७७ कार्तिक ३ सोमबार
karna-bahadur-malla.jpg

डडेल्धुरा । डडेल्धुरा जिल्लाबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभामा सदस्य तथा नेपाली काँग्रेस डडेल्धुराका सभापति कणर्बहादुर मल्लले कोरोना महामारीका समयमा प्रदेश सरकारले वितरण गर्ने दशैंभत्ता नलिने बताएका छन् ।

सारा विश्व लगायत नेपाल पनि कोरोना महामारीको गम्भीर सङ्कटमा परेको समयमा कुनै पनि जनप्रतिनिधीले दशैं भत्ता लिन नहुने भन्दै प्रदेशसभा सदस्य मल्लले आफुले दशैंभत्ता नलिने भन्दै प्रदेश सभा सचिवालयलाई पत्राचार गरेर भत्ता रकम प्रदेश सरकारलाई फिर्ता पठाउने तयारी गरेका छन् । 

उनले कोरोनासँग लड्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक तथा सञ्चारकर्मीलाई प्रोत्साहन दिनुपर्ने बेलामा सरकारका मन्त्री, सांसद लगायत जनप्रतिनिधिले लाभ लिन नहुने बताए । साँसद मल्लले आफु भत्ताको सधै बिरोधी रहेको बताए । 

उनले भत्ताका नाममा आफ्नो नाममा आएको रकम राज्यकोषमा फिर्ता मङ्गलबार सुदूरपश्चिम प्रदेश सभा सचिवालयलाई पत्राचार गरिने जानकारी दिए । साँसद मल्लले आफ्ना नाममा आउने दशैं भत्ताबाफतको रकम जनताको स्वास्थ्य उपचारमा प्रयोग गर्न सुदूरपश्चिम प्रदेश सरकारलाई आग्रह गरेका छन् । 

कोरोना महामारीको संक्रमणका कारण उपचार गराउन असमर्थ नेपाली नागरिकहरुको जीवन रक्षाका लागि पहल गर्नुपर्नेमा सरकारले संक्रमितको उपचार खर्च नब्यहोर्ने असंवैधानिक र जनविरोधी निर्णय गरेका बेला जनप्रतिनिधीहरुलाई दशैं भत्ता वितरण गरिनु अर्को जनघाती काम भएको साँसद मल्लले बताए । 

सुदूरपश्चिम प्रदेश सभामा दशैं पेश्की फिर्ता गर्ने पहिलो साँसदका रुपमा मल्ल देखिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ