arrow

संसद् बैठक एक बजेसम्मका लागि स्थगित

logo
प्रकाशित २०७३ जेठ १८ मंगलबार
sansad-new-cong-stop.JPG.jpeg
काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठक सूचना टाँस गरी आजै अपराह्न एक बजेसम्मका लागि स्थगन भएको छ।
 
सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका बीचमा अवरुद्ध सदन सञ्चालन गर्ने विषयमा छलफल जारी रहेको भन्दै बिहान ११ बजेका लागि निर्धारण गरिएको बैठक दुई घन्टाका लागि पर सारिएको हो।
 
नयाँ आवको बजेट सदनमा प्रस्तुत गर्नुपूर्व नै सरकारले बजेट चुहावट गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबारको सदन चार पटकसम्म अवरोध गरेको थियो। प्रमुख प्रतिपक्षले बजेट चुहावटका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग उठान गरेको छ।
 
सो विषयमा अहिले नयाँ बानेश्वरस्थित संसद् भवनमा सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका बीचमा वार्ता जारी छ। यसअघि सत्ता साझेदार दलका बीच प्रमुख प्रतिपक्षी दलले उठान गरेको मागका विषयमा आजै छलफल समेत भएको थियो। प्रमुख प्रतिपक्षी दलले उठान गरेको सो मागमा सत्ता साझेदार दल सहमतिको नजिक पुगेको बताइएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ