arrow

गण्डकीमा थपिए सोह्र संक्रमित

logo
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
gandaki-province-pradesh.jpg

गण्डकी । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या पाँच हजार ९७६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिनेमा लम्जुङका ११, तनहुँका तीन र कास्कीका दुई जना छन् ।

संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको र उनीहरूको आइसोलेसन व्यवस्थापनको तयारी भैरहेको निर्देशनालयले जनाएको छ । 

प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने तीन हजार ६०५ जना निको भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ