arrow

दरवारबाट राजकुमारीका गहना चोरी, दुवै हात काट्न अनुरोध

logo
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
gold-jewellery.jpg

काठमाडौं । प्राचीन कालमा राजा शिवीको दरवारमा एक परमहंश महात्मा बसेका थिए । राजा पनि महात्मालाई निकै मान गर्दथे । सत्संगमा दिन वितिरहेको थियो । एकदिन राजाको सेवामा लागेका ब्राम्हणले आफ्नो छोरीको गहना बनाउन कुनै सुनारलाई सुन दिए ।

सुनारले गहना तयार गरे तर नम्बरी सुनको बदलामा सुनको जलपमात्र लगाएर पित्तलको गहना दिए। सुनारले राजाकहाँ उजुर गरे । गलत कार्यको फलस्वरुप राजाले सुनारको सबै सम्पत्ति जफत गरिदिए ।

एकदिन राजा र महात्मा देवस्थल गएका थिए । संयोगवश त्यहां उनीहरुले त्यही सुनारको धनबाट बनेको खाना खाए । महात्माको मनमा त्यो अन्नको प्रभाव तुरुन्तै परिहाल्यो र उनले राजाकी छोरीको गहना चोरेर दरवारबाट निस्किए । तीन दिनसम्म उनी दरवारमा पनि गएनन् ।

तीन दिन पछि त्यो अन्नको प्रभाव हट्न गयो र उनलाई पश्चात्ताप भयो । उनी राजाकहां गए र आफ्नो दुवै हात काट्न अनुरोध गरे । राजाले कारण सोधे, उनले सबै बताए ।

राजा स्पष्ट हुन सकेनन् र पण्डितहरुको राय लिए । पण्डितहरुले खुव बिचार गरे र त्यही अन्नको प्रभावले महात्माको मनमा विकार आएको निष्कर्षमा पुगे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ