arrow

फुटबल खेलाडीलाई एन्फाले सम्मान गर्दै, प्रत्येक खेलाडीलाई १० लाख, सर्वोत्कृष्ठको २५ लाख कस्ले पाउला

logo
प्रकाशित २०७३ जेठ १८ मंगलबार
bangabandhanfa.jpg.jpeg
काठमाडौं । अखिल नेपाल फुटबलसंघ एन्फाले नेपाली फुटबल खेलाडीलाई सम्मान एवं पुरस्कृत गर्दै छ । बेलुकी ५ बजेपछि सशस्त्र प्रहरीको प्रधान कार्यालय हलचोकमा हुने एक समारोहबीच एन्फाले खेलाडी सम्मान गर्न लागेको हो । खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा आृेलीले सम्मान गर्ने कार्यक्रम रहेको एन्फाका प्रमुख कार्यकारी एवं प्रवक्ता इन्द्रमान तुलाधरले जाकारी दिए । 
 
तुलाधरका अनुसार बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको उपाधि जित्ने फुटबल खेलाडीलाई जनही पाँच लाख र भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुदको स्वर्ण विजेता पुरुष फुटबल टोलीका सदस्यले समेत जनही पाँच लाख पाउने छन् । 
 
दुवै प्रतियोगितामा अधिकांश खेलाडी एउटै भएकाले दोहोरो प्रतियोगिता खेल्ने खेलाडीले दुवै गरेर १० लाख पाउने छन् । यस्तै, १२ औं सागको उपविजेता महिला फुटबल टोलीका सदस्यले जनही १ लाख पाउने छन् । महिला फुटबल टोली सागमा भारतसंग हार्दा पुरुष फुटबलटोलीले भारतलाई उसैको मैदानमा हराएर स्वर्ण चुम्दै इतिहास रचेको थियो । 
 
प्रतियोगिताको फाइनल जितेसंगै एन्फाले पुरस्कारको घोषणा गरको थियो । यस्तै, एन्फाले दिँदै आएको सर्वोत्कृष्ठ खेलाडी पुरस्कार समेत यही समारोहमा वितरण गर्ने भएको छ । एन्फाले दिने सर्वोत्कृष्ठ खेलाडी पुरस्कार राशि २५ लाख छ । २५ लाख पाउने भाग्यसाली 
खेलाडी नेपाली फुटबलका तारा नवयुग श्रेष्ठले पाउने प्रवल सम्भावना छ । यस्तै, सरकारले समेत आफ्नो तर्फबाट प्रत्येक पुरुष फुटबल खेलाडीलाई पाँच लाख र महिला खेलाडीलाई २ लाख दिने घोषणा गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ