arrow

छत्रपति शिवाजीलाई कसले दियो तलवार ?

देवी भक्त शिवाजी

logo
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
chatrapati-sivaji-marathha.png

काठमाडौं । हिन्दवी स्वराज्यको संस्थापक छत्रपति शिवाजी महाराजको कुलदेवी तुलजापुरको श्री भवानीदेवी थिइन् । जय भवानी र हर हर महादेवको नारा लगाउँदै छत्रपति शिवाजी महाराज र उनको सैनिकहरु शत्रुसँग युद्ध गरिरहेको थियो । शत्रुसॅंग युद्ध गर्नको लागि नै श्री भवानीमाता प्रसन्न भएर शिवाजी महाराजलाई भवानी तलवार प्रदान गरेकी थिइन् । यहि तलवारको बलमा उनले शाहिस्तेखानको औंला काटेका थिए । छत्रपति शिवाजी महाराज जीर्ण मन्दिरहरुको जीर्णोद्धार गर्थे र मन्दिरको सुव्यवस्थाको लागि धन दिन्थे।

देवताहरुको उपासना अन्तर्गत उनले समय-समयमा विभिन्न प्रकारका यज्ञयाग पनि गरेका थिए । मिर्जा राजा जयसिंहले शिवाजी महाराजलई पराजित गरि उनलाई बन्दी बनाउनको लागि सहस्र चण्डी याग गरे । यसको उद्देश्य थियो शिवाजी महाराजलाई बन्दी बनाउनको लागि न्यूनतम यति पुण्य त उनीसॅंग हुनु पर्दथ्यो । बहिरजी नाईक नामक गुप्तचर प्रमुखबाट शिवाजी महाराजलाई यो जानकारी प्राप्त भयो तब त्यसलाई काट्नको लागि छत्रपतिले तुरुन्तै श्री बगलामुखीदेवीको याग गरे । 

तत्पश्चात शिवाजी महाराज अनि मिर्जा राजाको प्रत्यक्ष भेट भयो र समझौता भयो । तत्पश्चात औरंगजेबलाई मिल्न जादा उनले फसाएर आगरामा शिवाजी महाराजलाई बन्दी बनाए। तब फल र मिठाईको टोकरीमा लुकेर शिवाजी महाराज र संभाजी महाराज किलाबाट बाहिर शत्रुको नियन्त्रणबाट बाहर निक्लिए। श्री बगलामुखीदेवीको कृपाबाट छत्रपति कारागृहबाट सकुशल मुक्त हुन सके।

 त्रेतायुगमा प्रभु श्रीरामले नवरात्रीको अवधिमा देवीको उपासना गरे र देवीको कृपाशीर्वादबाट नै विजयादशमीमा रावणको वध गरे । द्वापार युगमा पनि भगवान श्रीकृष्णको प्रेरणाबाट अर्जुनले महाभारत युद्ध आरम्भ हुन भन्दा पहिला श्री दुर्गादेवीको शरणमा गएर प्रार्थना गरे। श्री दुर्गादेवी प्रसन्न भएर अर्जुनलाई विजयश्रीको आशीर्वाद दिइन् । श्री दुर्गादेवीको कृपाबाट कवच धारण गरि अर्जुनले महाभारतको युद्ध गरे तथा विजय प्राप्त गरे ।

त्वष्टा ऋषि, मार्कंडेय ऋषि देवीको उपासक ऋषि थिए तथा भक्त सुदर्शन शक्ति उपासक राजा थिए । आम जनतामा त्र्यंबकराज, नवीनचन्द्र देवीको परम भक्तहरु थिए ।

आदि शंकराचार्यले त्रिपुरसुन्दरी देवीको उपासना गरेका थिए । उनलाई मुकांबिका देवी अनि सरस्वती देवीको वरदहस्त थियो । उनले तीन वर्षको आयुमा देवी भुजंगस्तोत्रको रचना गरे तथा विभिन्न प्रकारले देवीको वर्णन गरे । उनले ब्रह्मसूत्रादि विपुल लेखन गरे तथा देवीको उपासनामा आधारित सौंदर्यलहरी नामक ग्रन्थको रचना गरे । माता सरस्वतीले आदि शंकराचार्यलाई कश्मीर स्थित शारदा पीठमा स्थानापन्न हुन आदेश दिएकी थिइन् । सम्पूर्ण भारतभ्रमण गर्ने समय अन्नपूर्णा देवी आदि शंकराचार्यको भोक पूर्ति गर्थिइन्। यस प्रकार आदि शंकराचार्यमा देवीको कृपा थियो, यस्तो प्रमाण उनको चरित्रबाट मिल्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ