arrow

लाभबेला दुईपटक भएको यस्तो हुनेछ बुधबारको दिन 

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७७ कार्तिक ५ बुधबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ कात्तिक ५ गते बुधबार, इस्वीसंवत अक्टुबर २१ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्ध आश्विनशुक्ल पक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज शुद्ध आश्विनशुक्लको पञ्चमी तिथि रहनेछ । आज दशैंको पाचौं दिन हो । आज ज्येष्ठा नक्षत्र, विष्कुम्भादि योगमा शोभन, करणमा कौलव, आनन्दादि योगमा ध्वांक्ष रहनेछ । 

सूर्य तुला राशिमा, चन्द्रमा वृश्चिक राशिमा बिहान ८ः२७ बजेसम्म त्यसउप्रान्त धनु राशिमा प्रवेश गर्नेछ । आज दिनमान २८ घटि १८ पलाको रहननेछ । 

आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ८ मिनेटमा तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर २७ मिनेटमा हुनेछ । 

आजको राशिफल

मेषः समय अत्यन्त खराव रहनेछ । आज सरकारी काममा समस्या पर्नेेछ, छोराछोरीसंग पनि विवाद हुन सक्नेछ, व्यापारमा पनि घाटा व्यहोर्नुपर्ने अवस्था आउन सक्नेछ, आज खासगरी उत्तर दिशाको यात्रामा सतर्क हुनुपर्नेछ, शत्रु सक्रिय हुने दिन समेत रहेको छ । 

मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार गणेश भगवानको पूजा र सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गरेमा राम्रो हुनेछ भने कामहरू समयमा नै सम्पन्न हुनेछन् । मेष राशिवालाले कर्कट, सिंह, वृश्चिक, धनु र मीन राशिवाला व्यक्तिसँग व्यवसाय गर्दा लाभ होला । मेष राशिका व्यक्तिलाई मंगलबार शुभ र आइतबार अशुभ हुन्छ ।

वृषः आज स्वास्थ्य राम्रो रहनेछैन । आफन्तसंग झगडा पर्न सक्ने, काममा विघ्न बाधा आइलाग्ने, पेट तथा कम्मर दुख्ने समस्याले सताउन सक्ने, चिन्तापर्ने खबर सुन्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न, दिन खराब छ सतर्क हुनुहोला ।

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । साथै हरेक दिन गाईलाई रोटी र परेवालाई चारो दिनुहोस् र प्रत्येक बिहान भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्दा निकै राम्रो हुनेछ । यस राशिका व्यक्तिलाई शुक्रबार शुभ, शनिबार अशुभ हुन्छ ।

मिथुनः समय राम्रो रहेको छ । स्वास्थ्य राम्रो रहनेछ, आदरसत्कार पाइने ठाउँमा सहभागी भइनेछ, नयाँ व्यवसायमा लगानी आज गर्दा राम्रो हुनेछ, यात्रा सोचेअनुरुपकै सफल हुनेछ, शैक्षिक क्षेत्रबाट सुखद् नतिजा मिल्ने योग देखिन्छ ।  

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन र पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ भने प्रत्येक दिन बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्दा तपाइँको मनोकांक्षा पूर्ण हुनेछ । मिथुन राशिका लागि बुधबार शुभ र सोमबार अशुभ हुन्छ ।

कर्कटः आज पनि स्वास्थ्य भरपर्दो रहनेछ । सरकारी सम्मान मिल्न सक्नेछ, आफन्तसंग भेटघाट हुने, जग्गा जमिनबाट लाभ पाइने योग छ, खुशीका समाचार प्राप्त हुनेछ, साथीभाइको सहयोगले आँटेका सबै काम सजिलै सम्पन्न हुनेछन् ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । यस्तै हरेक बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाएमा राम्रो हुनेछ । कर्कट राशिका लागि सोमबार शुभ र बुधबार अशुभ हुने गर्दछ । 

सिंहः समय शुभ छैन । गर्न खोजेका काममा सफलता हात नलाग्ने योग देखिन्छ, यात्रामा पनि झण्झट व्यहोर्नुपर्ने, अप्रिय खबर सुन्नुपर्ने अवस्था आउन सक्छ, मन अशान्त हुने, पेट रोगले समेत सताउन सक्नेछ, सतर्क भएर अघि बढ्नुहोला ।

सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । हरेक दिन बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्दा तपाइँको स्वास्थ्य राम्रो हुनेछ । सिंह राशि भएका व्यक्तिका लागि आइतबार शुभ र शनिबार घात हुन्छ ।

कन्याः समय शुभ छैन । चिसोले सताउन सक्छ, खानपिनमा ध्यान पु¥याउनु होला, सोचेजतिका सबै काम गर्न नसके पनि आंसिक पूरा हुनेछन्, आÇनै कर्मचारीबाट बिरोध आउन सक्नेछ, आफूमाथि अपरिचित व्यक्तिले आक्रमण गर्न सक्नेछन्, सावधान रहनु अत्यन्त जरुरी छ ।

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले हरियो कपडा लगाउने र गणेश भगवानको पूजा गर्नु लाभदायक हुन्छ । साथै हरेक दिन बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् । कन्या राशिका लागि बुधबार शुभ र शनिबार घात हुने गर्दछ ।

तुलाः समय अत्यन्तै श्भ छ । एक्कासी आम्दानी बढ्ने काम भेटिने छ, जे पेशामा संलग्न हुनुहुन्छ आम्दानी राम्रै रहनेछ, जलखेती किन्न मन भए आजै किन्नु होला, पुराना इष्टमित्र, मान्य व्यक्तिसँगको भेट उपलब्धिमूलक नै रहनेछ, आज जे–जे काममा हात हाल्नु हुन्छ, परिणाम राम्रै पाइनेछ ।

तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामी राशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । यस्तै भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्ड् चढाउनु भएमा तपाइँले आँटे ताकेका कामहरु पूर्ण हुनेछ । तुला राशिका लागि शुक्रबार शुभ र बिहीबार अशुभ हुनेछ ।

वृश्चिकः समय अत्यन्तै खराब छ । चिन्तापर्ने समाचार सुन्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न, आÇनै छोराछोरीले धोका दिन सक्नेछन्,  गरेका प्रयासहरू व्यर्थ हुनेछन्, पेट रोग वा कुनै न कुनै रोगले दुःख दिन सक्ने योग छ । खानामा सतर्कता अपनाउनु राम्रो हुनेछ, विशेषगरी पूर्व दिशाको यात्रामा ध्यान पुर्याउनुहोला ।
  
वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चढाउने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । यस्तै व्यापारी महानुभावहरुले भगवान विष्णु मन्दिरमा तुलसी रोपेर यात्रा पूर्व श्रीराम स्तुति पाठ गर्दा राम्रो हुनेछ । वृश्चिक राशिका लागि मंगलबार शुभ र शुक्रबार अशुभ हुनेछ । 

धनुः आज स्वास्थ्य सबल रहनेछ । यसअघिका समस्या आज समाधान हुने देखिन्छ । आदर–सत्कार, प्रतिष्ठा बढाउने काममा लगानी गर्ने शुभ अवसर आइलाग्ने छन्, पछि हट्नु ठीक छैैन, धार्मिक भ्रमण समेत आज हुन सक्नेछ तर आफन्तसंग अलि सतर्क हुन आवश्यक देखिन्छ, आज खेलकुदमा सहभागी हुन मन लाग्नेछ, तर पश्चिमतर्फको यात्रा पनि नगर्दा राम्रो हुनेछ ।

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले पहेंलो रंगको कपडा लगाउँदा सफलता मिल्नेछ । आफ्ना गुरुलाई सम्मान र गुरुमन्त्रको जप गर्ने बानी बसाल्दा राम्रो हुनेछ । यस्तै हरेक दिन हनुमानजीको दर्शन गरी पिपलमा जल र मिठाई अर्पण गरेर केशरीको टिका लगाउँदा तपाइँको परिवारमा शान्ति छाउनेछ । धनु राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ । 

मकरः समय तथा स्वास्थ्य अनुकुल छैन । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला। काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुगिएला । प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले दिनभरि होसियार रहनुहोला ।

मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ । यस्तै हरेक बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमै लादा राम्रो हुनेछ । मकर राशिका लागि शनिबार शुभ र मंगलबार अशुभ हुनेछ । 

कुम्भः समय शुभ, स्वास्थ्य राम्रो रहनेछ, आज साापटी दिएको धन फिर्ता, विगतको तुलनामा मानसिक शान्ति र आराम मिल्ने छ, कर्मचारी, परिवारका सदस्यबाट राम्रै सहयोग पाइनेछ, समय पूर्ण सुधारतर्फ चलिरहेको छ,  रोकिएका प्रायः जसो काम छिटै सम्पन्न हुनेछन्, टाढाको यात्रा पनि सफल हुने देखिन्छ, प्रियतम भेट हुनेछ । 

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवको पूजा गर्ने, भोका व्यक्तिलाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ । यस्तै केराको बोटमुनी दियो बाली महत्वपूर्ण काम पूर्व हनुमानलाई मीठा पान अर्पण गर्दा तपाइँले गर्न खोजेका कामहरु पूर्ण हुनेछ । कुम्भ राशिका लागि शनिबार शुभ र बिहीबार अशुभ हुनेछ ।

मीनः आज तर्क वितर्कमा समय खेर फाल्नु उचित छैन, आÇना कमी कमजोरी कुन भइरहेका छन् त्यसमा विचार पु-याउनु, बेलैमा होस पु-याउन जरुरी छ, आफ्नै कार्यबाट मन सन्तुष्ट हुनेछैन, समग्रमा आजको समय मध्यम खालको रहेकाले नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ ।

 मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपीडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । यस्तै विष्णुलाई केसरीको टिका अर्पण गरेर र आफू पनि लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् यसले तपाइँको मनोकामना पूर्ण हुनेछ । मीन राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ । 

साइतः चन्द्रमा धनु राशिमा छन् त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बुलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला 
बिहान ६ः०८ बजेदेखि         ७ः३८ बजेसम्म        लाभ बेला
बिहान ७ः३८ बजेदेखि         ९ः०८ बजेसम्म        अमृत बेला
बिहान ९ः०८ बजेदेखि         १०ः३८ बजेसम्म        काल बेला
बिहान १०ः३८ बजेदेखि        १२ः०८ बजेसम्म        शुभ बेला
बिहान १२ः०८ बजेदेखि        १ः३८ बजेसम्म        रोग बेला
दिनमा १ः३८ बजेदेखि               ३ः०८ बजेसम्म        उद्धेग बेला
दिउँसो ३ः०८ बजेदेखि          ४ः३८ बजेसम्म        चर बेला
दिउँसो ४ः३८ बजेदेखि          ६ः०८ बजेसम्म        लाभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय  दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ