arrow

इन्डियन प्रिमियर लिगः सन्दीप खेल्न नपाएको खेलमा दिल्ली पन्जाबसँग कमजोर सावित

logo
प्रकाशित २०७७ कार्तिक ५ बुधबार
ipl-punjab-delhi.jpg

काठमाडौं । युएईमा जारी १३ औं संकरणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा शीर्ष स्थानको दिल्ली क्यापिटल्स पराजित भएको छ । दिल्लीलाई किङ्स इलाभेन पन्जाबले पराजित गरेको हो ।

दुबईमा मंगलबार राति भएको खेलमा पन्जाबले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्लीलाई ५ विकेटले पराजित गरेको हो ।

दिल्लीले अहिलेसम्म सन्दीपलाई खेल्न दिएको छैन । अहिलेसम्मका १० खेलमा सन्दीपले खेल्न नपाएका हुन् । सन्दीप तेस्रो पटक आईपीएलमा सहभागी भएका हुन् । 

पहिलो पटक ३ र दोस्रो पटक ६ खेल खेलेका सन्दीपले यसपालि ३ खेल पनि खेल्न पाउने सम्भावना कम रहेको बताइन्छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य पन्जाबले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।

पन्जाबको जितमा निकोलस पुरनले २८ बलमा ५३,  ग्लेन म्याक्स्वेल ३२ तथा क्रिस गेलले १३ बलमा २९ रन बनाए । दिल्लीका कागिसो राबडाले दुई विकेट लिए । अक्षर पटेल र रविचन्द्र आश्विनले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेटको नोक्सानीमा गुमाएर १ सय ६४ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले नटआउट रहदै १ सय ६ रन बनाए । धवनले लगातार दोस्रो खेलमा शतक बनाएर रेकर्ड राखेका छन् । धवनले आईपीएल इतिहासमा लगातार दुई शतक बनाउने खेलाडीको रेकर्ड बनाएका हुन् । उनले यसै खेलबाट आईपीएलमा ५ हजार रन समेत पूरा गरेका छन् ।

पन्जाबका मोहमद शामीले २ विकेट लिए । यस्तै ग्लेन म्याक्सवेल,जेम्स निशम र मुरुगान आश्विनले १–१ विकेट लिए ।

यो जितसँगै पन्जाब दिल्लीभन्दा बलियो रहेको प्रमाणित गरेको छ । पहिलो खेलमा पन्जाब सुपरओभरमा पराजित भएको थियो । 

जितपछि पन्जाबले १० खेलमा ८ अंक जोडेको छ । पन्जाब तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ ।

दिल्लीको भने यो तेस्रो हार हो । दिल्लीले १० खेलमा १४ अंक जोडेको छ । दिल्ली शीर्ष स्थानमा यथावत रहेको छ । यो खेल जितेको भए दिल्ली प्लेअफमा पुग्ने पहिलो टिम बन्ने थियो । 

बुधबारको खेल
बुधबार कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोर खेल्नेछन् । बेलुकी ७ः४५ बजे हुने खेल अबुधाबीमा हुनेछ । 

बैंगलोर ९ खेलबाट १२ अंकसहित तेस्रो स्थानमा छ । कोलकाता ९ खेलबाट १० अंकसहित चौथो स्थानमा छ । २ अंकसहित मुम्बई इन्डियन्स दोस्रो स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ