एजेन्सी । टिभि कर्यक्रम भारतका बीर पुत्र 'महाराणा प्रताप' अर्थात शरद मल्होत्रा अहिले पुजा बिष्टसँग डेटिङ्ग गरिरहेका छन् । उनले सो कुरा स्विकार गर्दै भने,' म स्पलिट्स विला सीजन ४ की पूजा बिष्टसँग प्रम सम्बन्धमा रहेको छु ।
पूजाले इन्स्टाग्राम एकाउन्टमा हालै शरदसँगको तस्वीर सेयर गरेकी छन् । सो तस्वीर मध्ये एक तस्वीरको क्याप्शनमा उनले लेखिन् , ' के परी सच्चै हुन्छन् ,तिमलाई भेट्नु पहिले मलाई थाहा थिएन ।'
दुवै डेटिङ्गमा रहेको केहि समय पहिला भारतिय सञ्चार माध्यममा चर्चा चलेको थियो ।शरद-पुजाको भेट ८ महिना पहिले भएको जनाइएको छ । भेट भएको चार महीने देखि दुवै डेटिङ्गमा रहेका छन् ।
पूजा बिष्ट पेशाले मोडल र अभिभेत्री हुन् । उनि एमटिभिको डेटिंग रियलिटी शो 'स्प्लिट्स विला' मा देखि सकेकि छन् । दिव्यंका त्रिपाठी र ‘महाराणा प्रताप’ शरद मल्होत्रा को ब्रेकअप पिछिल्लो बर्षको सुरुवातमा भएको थियो । दुवै करीब ७ बर्ष देखि डेटिङ्गमा रहेका थिए ।