arrow

पायलले करणी काण्डबारे अनुरागसँग जोडिन् इरफानको नाम 

logo
प्रकाशित २०७७ कार्तिक ५ बुधबार
irfan-payal.jpg

काठमाडौं । चलचित्र निर्माता अनुराग कश्यपमाथि बलात्कारको आरोप लगाउने अभिनेत्री पायल घोषले क्रिकेटर इरफान पठानको नाम पनि यही घटनामा जोडेकी छिन् । 

उनले ट्वीटरमा ट्वीट गर्दै भनेकी छिन्, ‘मैले इरफान पठानलाई एकदम यही त बताएकी थिइन कि कश्यपले मलाई बलात्कार गरे तर मैले कुराकानीका बारेमा सबै कुरा भनेकी थिएँ । यो कुरा जानेर पनि उनी चुप बसे । कुनै समय उनले आफू निकै राम्रो मित्र भएको दावी गर्दथे ।’

अर्को पोष्टमा पायलले इरफानसँगको आफ्नो फोटो सेयर गर्दै लेखिन्, ‘इरफान पठानलाई ट्याग गर्नुको मतलब यो हैन कि मलाई उनीसँग कुनै इन्टरेष्ट छ । तर उनी यिनीहरुमध्ये हुन् जोसँग मैले कश्यपका बारेमा सबैकुरा बताएकी थिएँ । बलात्कारवाला कुरा छोडेर । मलाई थाहा छ कि उनी इमान र वृद्धवृद्धा मातापितामा भरोसा गर्छन् । यसैले आशा गर्छु कि मैले जे उनीसँग भनेकी थिएँ त्यसबारेमा कुराकानी गर्नेछन् ।’

पायलले २२ सेप्टेम्बरमा अनुराग कष्यपमाथि दुष्कर्मको आरोपमा रिपोर्ट दर्ता गराएकी थिइन् । पायलले सन् २०१३ मा अनुरागले वर्सोवामा करि रोडको एक ठाउँमा बलात्कार गरेको आरोप लगाएकी हुन् । गत ८ अक्टोबरमा कश्यपले करिब ८ घण्टा बयान दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ