arrow

राष्ट्रपतिले दुई महिनाको तलब दिइन् कोषमा

logo
प्रकाशित २०७७ कार्तिक ५ बुधबार
President-Bidhya-bhandari.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक दिएकी छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड –१९को रोकथाम एवं नियन्त्रणका लागि स्थापित सो कोषमा आफूलाई चाडपर्व खर्चवापत प्राप्त हुने रकम पनि राष्ट्रपतिले प्रदान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत बुधबार जानकारी दिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ