arrow

सनी देवलको गुपचुप विवाह, जोडिन्छ दुई अभिनेत्रीको नाम

logo
प्रकाशित २०७७ कार्तिक ५ बुधबार
sunny.png

काठमाडौं । घायाल, सालख्ने, दामिनी र गदर जस्ता सुपरहिट फिल्महरू दिने अभिनेता सनी देवल १९ अक्टूबर १९५६ मा जन्मिएका हुन् । पंजाबमा जन्मिएका उनी अभिनेता धर्मेन्द्रको जेठा छोरा हुन् । सनीले आफ्नो विशेष अभिनयका कारण बलिउडमा आफ्नो आलग पहिचान बनाए। कडा मेहेनत र उत्कृष्ट संवादमार्फत उनी लाखौं फ्यानहरूको हृदयमा बसे। सनी देवल सधैं आफ्नो निजी जीवनलाई टाढा राख्छन्। धेरै समयसम्म उनले आफ्नो विवाहको कुरा लुकाएका थिए ।

सनी देवलले १९८२ मा अमिता सिंहसँग बेताब फिल्मबाट डेब्यू गरेका थिए। यस फिल्ममा उनको कामको सराहना गरियो। ९० को दशकमा सनीले आफूलाई बलिउडमा स्थापित गरिसकेका थिए । सन् १९९० मा रिलीज भएको  फिल्म घयालबाट सनीलाई फिल्मफेयर र राष्ट्रिय पुरस्कारबाट सम्मानित गरियो। २००१ को फिल्म गदर- एक प्रेम कथा उनको क्यारियरको सबैभन्दा हिट फिल्म साबित भयो। धेरै हप्तासम्म, चलचित्रले थिएटरहरूमा कब्जा जमाएको थियो।

सन् १९८४ मा, सनी देवलले एक एनआरआईकी छोरी पूजासँग विवाह गरे। पूजासँग सनीको सम्बन्ध एकदम व्यक्तिगत छ। दुई जना कहिले एकसाथ देखिदैनन्। सनीको श्रीमतीको तस्वीरहरु पनि इन्टरनेटमा कमै पाइन्छ। भनिन्छ परिवारले सनीलाई विवाहलाई मिडियाबाट लुकाएर राख्न सुझाव दिएको थियो । यसले उनलाई अझ लोकप्रिय हुन मद्दत गर्ने उनीहंको बुझाइ छ।

'बेताब' को शूटिंगको क्रममा अमृता सिंह र सनी देवलको बारेमा समाचार छाएका थिए। दुवै बिच केहि चलिरहेको बताइएको थियो। मामिला अफरमा पुगेपछि अमृतालाई सनीको विवाहको बारेमा थाहा भयो र सम्बन्ध बिग्रियो। यसपछि अमृताले सैफ अली खानसँग विवाह गरिन्।

आफ्नो दोस्रो फिल्म अर्जुनमा काम गर्ने क्रममा सनी देवलको नाम डिम्पल कपाडियासँग पनि जोडिन थाल्यो।  डिम्पल कपाडिया विवाहको केही वर्ष पछि राजेश खन्नाबाट अलग भइसकेका समाचा्हरु बाहिरिए । यद्यपि दुवैले अफेयरको कुरालाई अस्वीकार गरे। २०१७ मा आएको एक भिडियोमा  सनी देवल लन्डनमा डिम्पल कपाडियालाई हात समात्दै गरेको  भिडियोमा देखा पर्‍यो। यद्यपि यो एक फिल्म दृश्य थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ