arrow

अमेरिकाले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने

logo
प्रकाशित २०७७ कार्तिक ५ बुधबार
America-2014.png.png

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र  नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच बुधबार भएको शिष्टाचार भेटवार्तामा  द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक पुनरुत्थानमा हुने सहयोगलगायत विषयमा छलफल भएको छ ।  
 
अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले नेपाल अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगका लागि धन्यवाद दिए । 

 राजदूत बेरीले अमेरिकाबाट प्राप्त हुने सहायता कोरोना भाइरस नियन्त्रणमा केन्द्रित गरेकामा नेपाललाई धन्यवाद दिँदै अमेरिकाले आगामी दिनमा नेपाललाई दिने सहयोगलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ  । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ