arrow

अर्थपूर्ण बजेटबारे टिकाटिप्पणी नगर्न अर्थविद्को सुझाव

logo
प्रकाशित २०७३ जेठ १८ मंगलबार
budget-bag.jpg.jpeg
काठमाडौँ ।  सरकारले सार्वजनिक गरेको बजेटले सबै पक्षलाई सम्बोधन गरेकोले अर्थपूर्ण बजेटबारे हल्लाखल्ला र टिकाटिप्पणी गर्न आवश्यक नभएको अर्थविद्ले बताएका छन् । मंगलबार मिडिया ईन्टरनेसनलले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा वरिष्ठ अर्थविद् तथा पूर्व गर्भनर डा. तिलक रावलले काम गर्ने वातावरण मिलाएको खण्डमा विनियोजीत बजेट अत्यन्त सान्दर्भिक रहेकोले हल्लाखल्ला गर्नु जायज नहुने बताए ।
 
 सरकारले यसपटकको बजेटमा ‘टाईमलाईन’ सहित योजनाहरु अघि सारेकोले पनि बजेट अर्थपूर्ण छ, भन्दै रावलले भने, “घोषणा गरीएका कुराहरु कार्यान्वयन गरेर देखाउन जरुरी छ । विकास गर्ने वातावरण बनेको खण्डमा जतिपनि ठूलो बजेट ल्याउन सकीन्छ ।” चालु आर्थिक वर्षमा पुँजीगत खर्चको स्थिती दयनिय रहेको भन्दै उनले विगतका वर्ष र चालु आर्थिक वर्षको बजेटमा पनि पुँजीगत अनुदानका कुराहरु आएकोले आर्थिक वर्ष २०७३/७४ को बजेटले समेटेको अधिकाशं विषय पुरानै कुराको निरन्तरता भएको स्पष्ट पारे । 
 
मुद्रास्फितीलाई नियन्त्रण गर्ने काम राष्ट्र बैंकको भएको भन्दै डा.रावलले चालु आर्थिक वर्षमा धेरैजसो समयमा मुद्रास्फिती २ अंकमा रहेको तथा आर्थिक वर्ष २०७३/७४ मा अनुत्पादक क्षेत्रमा हुने खर्चले मुद्रा प्रदाय बढ्न सक्ने यथार्थका बिच मुद्रास्फिती साढे ७ प्रतिशतमा झार्न सकिनेमा आशंका व्यक्त गरे । उनले सरकारले मुलभुत प्राथमीकतामा ध्यान दिनुपर्ने सुझाव समेत दिए ।
 
 कार्यक्रममा बोल्दै वरिष्ठ अर्थविद् डा. चन्द्रमणी अधिकारीले सरकारले बजेटमार्फत सबै पक्षलाई सम्बोधन गर्ने प्रयास गर्दै साङ्गोपाङ्गो मिलाएर ल्याएको बजेट ‘मोडल बजेट’ भएको बताए । कृषि, शिक्षा, बिमा र युवालाई विशेष प्राथमिकतामा राखेर ल्याईएको बजेटमा पुर्ननिर्माण, पूर्वाधार विकास जस्ता महत्वपूर्ण पाटोका लागि बढीभन्दा बढी लक्ष्य लिएकोले पनि बजेट समग्रमा सकारात्मक भएको उनको भनाई छ ।
 
 संविधानको प्रादेशिक सन्तुलन मिलाएर बजेट विनियोजन गरिनु अर्को राम्रो पक्ष भएको भन्दै उनले भने, “बजेटको प्रभावकारी कार्यान्वयन भएमा यसपालीको बजेट अत्यन्त सान्र्दभिक देखिन्छ । यद्यपी विनियोजित बजेटलाई कुन प्रक्रियाबाट कार्यान्वयन गर्ने भन्ने सरकारले स्पष्ट कार्यनीति तत्काल निर्धारण गरी आवश्यक ऐन, नीति, निर्देशिका बनाउनुपर्छ ।” कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघ उपाध्यक्ष दिनेश श्रेष्ठले विनियोजित बजेट नीजि क्षेत्रमैत्री नभएको टिप्पणी गरे ।
 
 निजी क्षेत्रले पहल गरेका विषयवस्तु बजेटमा नसमेटिएकोप्रति गुनासो गर्दै उनले भने, “सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम ल्याएको छैन । देश विकासमा निजी क्षेत्रको भूमिकालाई बुझ्न नसक्नु सरकारको ठूलो कमजोरी हो । सरकारले पूनर्निमाणलाई प्राथमीकतामा राख्ने भनेको छ । तर त्यसका लागि स्वदेशी उद्योगलाई सशक्त बनाउने बारे कुनै योजना नै छैन ।”
 
 सरकारले बजेटमार्फत स्वदेशी रुग्ण उद्योग र निर्यातबारे कुनै किसीमको सम्बोधन नगरेको तथा विदेशी कच्चा सामाग्रीसँग स्वदेशी सामाग्रीले प्रतिष्पर्धा गनुपर्र्ने बाध्यात्मक स्थिती ल्याएको आरोप लगाउँदै उनले भने, “सामान्य ढंगबाट हेर्दा पूर्वाधार निर्माण, कृषि, बिमा लगायतका क्षेत्रलाई बजेटमार्फत प्राथमिकतामा राख्नु सकारात्मक पक्ष हो ।” कार्यक्रम मिडिया ईन्टरनेसनलका अध्यक्ष माधव निर्दोषको सभापतित्वमा सम्पन्न भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ