arrow

निर्वाचनको तयारीमा जुट्दै सिंहदरबार, भोलि ट्रेड युनियनमा लागेका कर्मचारीलाई विदा

logo
प्रकाशित २०७३ जेठ १८ मंगलबार
photo-bida.jpg.jpeg


काठमाडौं । मंगलबार सिंहदरबारमा रहेको गृहमन्त्रालयमा पुग्दा त्यहाँको क्यान्टिनपट्टिको क्षेत्रमा स्थान खाली गराईएको छ भने त्यसको बाहिर नै लेखिएको छ ‘प्रवेश निषेध ।’ अगाडि केही कुर्सीहरू र तीनैपट्टि डोरीले टाँगेर सुरक्षित बनाईएको स्थान । यो कुनै अन्य कामको लागि नभएर यस्तो माहोल बुधबार हुने निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचनको लागि तयार गरिएको हो ।

यो मन्त्रालय मात्रै नभएर विभिन्न समूहका उम्मेदवारहरूलाई भोट माग्न आउने र भोट माग्न आउनेको प्रतीक्षामा बस्नेहरूमा पनि निर्वाचनको माहोल बढीरहेको स्पष्टै देखिन्थ्यो । उनीहरू पनि भोटमाग्न आएकाहरू मध्ये पनि कुन् संगठन कस्तो भनेर चर्चा परिचर्चामा नै समय विताउने गरेका छन् । मंगलबार सिंहदरबारमा रहेको गृहमन्त्रालयमा पुग्दा कर्मचारीहरू त्यस्तै सवाल जवाफमा व्यस्त देखिन्थे ।

आधिकारिक ट्रेड युनियनको निर्वाचन नजिकिएसँगै सबै कर्मचारीहरू पछिल्लो समय व्यापक प्रचारप्रसारमा लागिरहेका छन् । आइतबार साँझदेखि औपचारिक रूपमा प्रचारप्रसार गर्न रोक लगाएको भएपनि टेलिफोन, इमेल तथा अन्य सामाजिक सञ्जालमा प्रचारप्रसार गर्नेको संख्यामा भने कमि आएको छैन ।

अधिकृत तथा अधिकृत तहका कर्मचारीदेखि नायव सुब्बा, खरदार हुँदै पियन तहका कर्मचारीहरूसम्मले मतदान गर्न पाउने सो निर्वाचनबाट चयन हुने आधिकारीक नेतृत्वले अधिकृत तहभन्दा माथिका कर्मचारीको सरूवा तथा बढुवामा समेत प्रत्यक्ष भूमिका रहने भएकोले यो विषयलाई राजनीतिक दलहरूले समेत आफ्नो प्रतिष्ठाको विषय बनाएर परिणाम आफ्नो पक्षमा पार्नको लागि कसरत गरिरहेका छन् ।
मुख्य गरेर नेपाल निजामती कर्मचारी युनियन (संघ), नेपाल निजामती कर्मचारी संगठन बिचमा नै चुनावी प्रतिष्पर्धा देखिएको छ । संगठन भन्दा संघ नै बलियो देखिएको कर्मचारीहरुले बताउदै आएका छन् । त्यसै गरी नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेशी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी संगठन समेतले उम्मेदवारी दर्ता गराएका छन् ।  

यसैबीच, सरकारले अधिकृत एवं अधिकृत भन्दा तल्लो तहकाकर्मचारीलाई बुधबार विदा दिने भएको छ । नेपाल निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचनको दिन विदा दिने भन्ने निर्णय पहिले नै भईसकेकोले विदा हुने सामान्य प्रशासन मन्त्री रेखा शर्माले जानकारी दिईन् । निर्वाचन बुधबार विहान ९ बजेदेखि देशभरका जिल्ला निर्वाचन कार्यालयले तोकेको ठाउँमा तथा उपत्यकामा सिंहदरबारस्थित सम्बन्धित मन्त्रालयमा नै हुँदैछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ