arrow

फिफामा नेपालको पुरानै स्थान, दक्षिण एशियामा तेस्रो

logo
प्रकाशित २०७७ कार्तिक ६ बिहिबार
nepal-football-team.jpg

काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् छ । कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो । 

फिफाले आज जारी गरेको वरियतामा नेपाल १७०औँ स्थानमा कायमै छ । फिफाले यसअघि वरियताको सूची जारी गर्दा पनि नेपाल उही स्थानमा थियो । कोरोनाका कारण गत वर्ष चैतयता फुटबल प्रतियोगिता हुन पाएको छैन । नेपालले आउँदो महिना भने बङ्गलादेशसित दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।

दक्षिण एशियाली राष्ट्रका वरियतामा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भारत १०८ औँ स्थानमा  छ । यस्तै माल्दिभ्स १५५, भुटान १८९, बङ्गलादेश एक १८७, श्रीलङ्का २०६ तथा पाकिस्तान २०० औँ स्थानमा  छ । विश्व वरियताको शीर्ष स्थानमा भने बेल्जियम कायमै  छ । फ्रान्स, ब्राजिल, बेलायत र पोर्चुगल वरियताका क्रमशः दोस्रा, तेस्रा, चौथा र पाँचौँ स्थानमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ