arrow

इन्डियन प्रिमियर लिगः हैदराबादसँग हार्यो राजस्थान 

logo
प्रकाशित २०७७ कार्तिक ७ शुक्रबार
ipl-haidarabad1.jpg

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको छ । दुबईमा बिहीबार राति भएको खेलमा हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले १८.१ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

मनिष पाण्डे र विजय शंकर चम्किएपछि हैदरावादले सहजै जित निकाल्यो । पाण्डेले ४७ बलमा ८३ तथा  शंकरले ५१ बलमा ५२ रन बनाए । पाण्डे र शंकरले तेस्रो विकेटका लागि नटआउट १ सय ४० रनको साझेदारी गरे ।

राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ६ विकेटको नोक्सानीमा १ सय ५४ रन बनाएको थियो ।

सन्जु सामसनले ३६ तथा बेन स्टोक्सले ३० रन बनाए । जासन होल्डरले ३ विकेट लिए । विजय शंकर र राशिद खानले १–१ विकेट लिए ।

अंक तालिका 
जितसँगै हैदराबादले १० खेलमा ८ अंक जोडेको छ । हैदराबाद तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ ।

राजस्थानले भने ११ खेलमा ८ अंक जोडेको छ । राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

१४ अंकसहित दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर शीर्ष स्थानमा छन् । मुम्बई इन्डियन्स १२ अंकसहित तेस्रो, १० अंकबाट कोलकाता नाइट राइडर्स चौथो तथा हैदराबाद, किंगस इलाभेन पन्जाब र राजस्थानको समान ८ अंक छ । 

पुछारको चेन्नई सुपर किंगसको ६ अंक छ । 

शुक्रबारको खेल
शुक्रबार मुम्बई इन्डियन्स र चेन्नई सुपर किंगस भिड्ने छन् । बेलुकी ७ः४५ बजे हुने खेल शारजहाँ क्रिकेट स्टेडियममा हुनेछ । 

यो खेल जित्दा मुम्बई पुनः शीर्ष स्थानमा पुग्नेछ । चेन्नई हारले प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बन्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ